‘समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता
तत्कालिन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी बिचको एकीकरण बाट बनेको समाजवादी पार्टी लाई निर्वाचन आयोगले दर्ता गरेको छ । गत वैशाख २३ मा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको फोरम बीच एकीकरण भएको थियो ।
एकीकरणपछि बनेको ‘समाजवादी पार्टी नेपाल’ दर्ताका लागि दुवै दलले संयुक्त रुपमा निर्वाचन आयोगमा निवेदन दिएका थिए । उक्त नाम अर्को दलसँग मिल्न गयपछी आयोगले पछाडि रहेको ‘नेपाल’ हटाएर दर्ता गरेको हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्