कुलमान जंगिएपछी स*बस्टेशन निर्माण तिब्र
त्रिशूली नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माणाधीन त्रिशूली–३ बी २२० केभी हब स*बस्टेसन आयोजनाको निर्माण ६० प्रतिशत सम्पन्न भएको छ ।
यो त्यही सबस्टेशन हो, जहाँ स्थानीयले पटक–पटक अव*रोध गरेपछि कुलमान घिसिङ आफै निर्माणस्थल पुगेर अव*रोध हटाएका थिए । गत जेठमा अव*रोध भएको स्थानमै पुगेर कुलमान अव*रोध सिर्जना गर्नेहरुसँग जंगिएपछि आयोजनाको काम तीव्र रुपमा अघि बढ्ने वातावरण तयार भएको थियो ।
ट्रान्सर्फमर रहने स्थानको जग हालिएको छ भने कन्ट्रोल बिल्डिङ बनाउन सुरु भएको छ । त्रिशूली नदी किनारमा स*बस्टेशनको सुरक्षाका लागि पर्खाल लगाउने काम अन्तिम चरणमा छ । स*बस्टेसनमा प्रयोग हुने उपकरणहरुको उत्पादन भइरहेको र डेढ महिनाभित्रमा आयोजनास्थलमा आपूर्ति सुरु हुने छ ।
शुक्रबार कार्यकारी निर्देशक घिसिङले नुवाकोटको किस्पाङ गाउँपालिका–५ पहिरेबेसीमा निर्माणाधीन स*बस्टेसनको स्थलगत निरीक्षण गरी आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीलाई तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् ।
प्रसारण लाइन र स*बस्टेसननको अभावमा जनताको जलविद्युत कार्यक्रम अन्तर्गत सर्बसाधारण समेत लगानी रहेका आयोजनाको विद्युत खेर जाने सम्भावना देखिएपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनको निर्देशनमा घिसिङ निर्माणस्थलको निरीक्षणमा गएका हुन् ।
घिसिङले निर्माणमा संलग्न आयोजना व्यवस्थापन, ठेकेदार र परामर्शदाता कम्पनीका प्रतिनिधिसँग छलफल गरेका थिए । निर्माण कार्यको नियमित अनुगमन गर्ने बताउँदै उनले जनशक्ति थप्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् ।
कार्यकारी निर्देशक घिसिङले निर्देशन दिंदै भनेका छन्–‘यो स*बस्टेसन एक वर्षभित्रमा बनाउन सकिएन भने चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन आयोजनाहरुको १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न नसकी विद्युत खेर फाल्नु पर्ने अवस्था आउन सक्छ, यस्तो अवस्था आएमा प्राधिकरणले ती आयोजनालाई करौडौं रुपैयाँ पेनाल्टी तिर्नु पर्छ ।’
उनले अगाडी भनेका छन्–‘निर्माणका क्रममा आउनसक्ने सामाजिक, वित्तीय लगायतका समस्याको गाँठो फुकाइदिन्छौं, यस्तो संवेदनशील आयोजनाको काम निर्धारित समयमा सकिन्छ भनेर मात्रै हुँदैन, सबै पक्ष गम्भीर भई निर्माणलाई तिब्रता दिनुपर्छ ।’ स*बस्टेसनको निर्माण आगामी पुसको दोस्रो साताभित्र (३१ डिसेम्बर २०१९) सक्ने लक्ष्य राखिएको छ ।
गत जेठमा केही स्थानीयबासीले नियतबस विभिन्न माग राखी स*बस्टेसन निर्माणमा अबरोध गरेका थिए । नाजा*यज माग राखी अवरोध गरेपछि आक्रोसित भएका घिसिङले निर्माणस्थलमा जम्मा भएका स्थानीयलाई नाजा*यज माग राखी अबरोध गरेमा स्थानीय प्रशासनमार्फत पक्राउ गर्ने चेता*वनी दिएका थिए ।
स्थानीयको जायज माग पूरा गर्न आयोजना संधै तयार रहेको बताउँदै घिसिङले नियतबस काम रोक्नेलाई नछोड्ने चेता*वनी दिएका थिए । यसको प्रभाव सकारात्मक परी स*बस्टेसन मात्रै नभएर त्यस क्षेत्रमा निर्माण भइरहेको अन्य प्रसारणलाइन निर्माणमा स्थानीयले अबरोध नगरेको आयोजना प्रमुख थर्कबहादुर थापाले बताएका छन् ।
त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने करिब ६ सय मेगावाटको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न स*बस्टेसनको निर्माण गर्न लागिएको हो । आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी एवं जर्मन विकास बैक, युरोपेली लगानी बैकको सहुलितपूर्ण ऋण रहने छ । आयोजनाको अनुमानित लागत एक करोड ६० लाख अमेरिकी डलर रहेको छ ।
त्यसैगरी चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको भौतिक प्रगति ४५ प्रतिशत भएको छ । आयोजनाले रसुवाको चिलिमेदेखि त्रिशूली ३ बी २२० केभी हबसम्म २७ किलोमिटर प्रसारण लाइन र चिलिमेमा स*बस्टेसन निर्माण गरिरहेको छ । आयोजनाको सर्वे र डिजाइन सकिएको छ । टावरका उपकरणको उत्पादन भइरहेको छ ।
जनताको जलविद्युत कार्यक्रम अन्तर्गत चिलिमे जलविद्युत आयोजनाको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेन यही प्रसारण लाइनमा जोडिने छ ।
आयोजनाले चिलिमेबाट मैलुङसम्म १९ किलोमिटर डबल सर्किट र मैलुङबाट त्रिशूली ३ बी हबसम्म ८ किलोमिटर चार सर्किट निर्माण गर्ने छ । प्रसारण लाइनका ८० टावरमध्ये १५ वटाको जग हाल्नका लागि खाल्डो खनिएको आयोजना प्रमुख केदार सिलवालले बताएका छन् ।
सिलवालले भनेका छन्–‘भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने छ, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुंगा, गिट्टी, बालुवा, टावरका सामान, पानी मान्छे या खच्चडबाट बोकाएर लैजानु पर्ने अवस्था छ ।’ ठाउँठाउँमा पहिरो गएकाले कामलाई तिब्रता दिन नसकिएको उनले बताएका छन् ।
प्रसारण लाइनको आगामी फागुनको दोस्रो साता (२९ फेब्रअरी २०२०) भित्र र चिलिमे हब सब*स्टेसनको निर्माण आगामी पुसको दोस्रो साताभित्र (३१ डिसेम्बर २०१९) सक्ने लक्ष्य राखिएको छ । त्रिशूली–३ बी हव स*बस्टेसन र चिलिमे–त्रिशूली प्रसारण लाइन आयोजनाको ठेकेदार चिनियाँ कम्पनी पिङगाओ हो ।
३ करोड ५० लाख अमेरिकी डलर (करिव ३ अर्ब ५० लाख रुपैयाँ) अनुमानित लागत रहेको आयोजनामा नेपाल सरकार, जर्मन विकास बैंक (केएफडब्लु) र युरोपियन इन्भेष्टमेन्ट बैक (ईआईबी)को लगानी रहनेछ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्