‘वीर वीक्रम २’ टिमलाई दर्शन समाजको सम्मान
जापानमा रहेका ठकुरीहरुको साझा संस्था दर्शन समाज जापानले चलचित्र ‘वीर विक्रम २’ का कलाकारलाई सम्मान गरेको छ । चलचित्र प्रर्दशनका लागी अगष्ट १ तारिख जापान आएको ‘वीर विक्रम २’ को टिमलाई दर्शन समाज जापानले नागोयामा सम्मान तथा स्वागत गरेको हो ।
चलचित्रका नायक पल शाह, बुद्धि तामाङ, नायिका बर्षा सिवाकोटी र निर्देशक तथा प्रोड्युसर मिलन चाम्सलाई स्वागत तथा सम्मान गरेको दर्शन समाज जापानका संरक्षक सुरज मल्लले जानकारी गराएका छन् ।
चलचित्रको कलाकार टिमलाई खादा लगाएर सम्मान गर्नुका साथै स्वागत गरिएको थियो । स्वागत तथा सम्मान कार्यक्रममा गैर आवासीय नेपाली संघ एशिया प्यासिफिकको संयोजकका दाबेदार तथा ब्यवसायी गोविन्द श्रेष्ठ ‘रोविन्द’को पनि प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा दर्शन समाज जापानका संस्थापक तथा समाजको वर्तमान कार्यसमितिका सल्लाहकार पदम मल्लले चलचित्रका कलाकारहरुलाई खादा लगाएर सम्मान गर्नुका साथै मायाँको चिनो प्रदान गरेका थिए । त्यसैगरी अभियान रेस्टुरेन्टका संचालक तथा दर्शन समाज जापानका सदस्य मनोजबम मल्लले स्वागत तथा सम्मान कार्यक्रमको ब्यबस्थापन गरेका थिए ।
दर्शन समाज जापानका संरक्षक सुरज मल्लले चलचित्र वीर वीक्रम २ को कलाकार टोलीलाई सम्मान गर्न पाउँदा आफुहरुलाई गौरवान्वित महशुष भएको बताएका छन् । मल्लले चलचित्र वीर वीक्रम २ को कलाकारहरुले पनि सम्मानित हुन पाएको खुशि ब्यक्त गरेको मल्लले बताए ।
चलचित्र वीर विक्रम टोली करिब २ हप्ता लामो बसाईका क्रममा जापानमै रहेको छ । जापानको नागोया, टोक्यो, चिवा लगायतका शहरहरुमा चलचित्र वीर वीक्रम प्रदर्शन भइसकेको छ । चलचत्रि वीर वीक्रमको कलाकार टोली जापानमा भएका बिभिन्न कार्यक्रमहरुमा सहभागी भईरहेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्