पुर्वनायव सुब्बाको सुसा*ईड नोटको रहश्य खुल्यो
सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको घटनामा दोषी देखिएका मालपोत कार्यालय, कलंकीका पूर्वनायब सुब्बा हरिप्रसाद आचार्यले आत्मह*त्या गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले उनीसहित ७ जनाविरुद्ध ३ जेठमा भ्रष्टा*चार मुद्दा दर्ता गराएको थियो ।
मुद्दा दर्ता भएपछि स्वेच्छिक अवकाश लिएका आचार्यले शनिबार राति आत्मह*त्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय, उदयपुरका डीएसपी हरिकृष्ण केसी भन्छन्, ‘घटनाको अघिल्लो दिन काठमाडौंबाट आउने बित्तिकै उहाँ हराउनु भएको सूचना हामीलाई प्राप्त भएको थियो । त्यही आधारमा खोजी थालेका थियौं ।’
तर, भोलिपल्ट विहान आचार्यलाई घरबाट एक किलोमिटिरको दूरीमा रहेको शिखरखुट्टे जंगलमा झुण्डि*एको अवस्थामा भेटिएको डीएसपी केसीले जानकारी दिएका छन् । उनका अनुसार, उनी सखुवाको रुखमा प्लास्टिकको डोरीमा झु*ण्डिएका थिए ।
सुसा*इड नोटमा अख्तियार प्रमुखको नाम
अनुसन्धानमा संलग्न अधिकृतका अनुसार केसीको गोजीमा दुई पन्ने सुसा*इड नोट पनि भेटिएको छ । ‘स्पाइरल कपीको दुईवटा पृष्ठमा उहाँले अघिल्लो दिनको मिति राखेर नोट लेख्नु भएको छ,’ अनुसन्धान अधिकृत भन्छन्, ‘हामीले नोटको वैज्ञानिक परीक्षण पनि गर्नेछौं ।’
केसीले सुसा*इड नोटमा भनेका छन्, ‘सतीले सरापेको देश रहेछ, मैले दुई पैसा पनि खाएको छैन । तर, म देशको ठूलो भ्रष्टा*चारी भएँ, अख्तियार प्रमुख नवीनकुमार घिमिरेको आयु २ सय वर्ष होस्, म जस्तो निर्दोषलाई विशेष अदातलमा मुद्दा छ ।’
प्रहरीका अनुसार, नोटमा उनले परिवारका सदस्यलाई पनि विभिन्न किसिमका निर्देशन दिएका छन् । श्रीमतीलाई उनले कान्छो छोरासँगै काठमाडौंंमा बस्न भनेका छन् भने आफ्नो नाममा पुराण नलगाउन पनि भनेका छन् ।
उनले भैंसी र खसी जतिमा बिक्री हुन्छ, बेचेर सहयोग गरिदिन पनि आफन्तलाई आग्रह गरेका छन् । सुसाइड नोटमा उनले बैंकमा खासै पैसा नभएको पनि बताएका छन् ।
‘वाणिज्य, नेपाल, एनसीसी, एनआईसी लगायतमा के कति पैसा छ, मैले चेक दराजमा राखेको छु’, उनले लेखेका छन् । उनले छोरालाई स्नातक पढाउन नसकेकोमा पछुतो लागेको पनि उल्लेख गरेका छन् । साथै, संगठनका साथीहरुले आफूलाई बुझ्ने पनि बताएका छन् ।
के थियो आत्मह*त्या गरेका आचार्य बिरुद्धको मुद्दामा ?
आयोगका अनुसार, सावित बाडभन्ज्याङ गाविस–३ को पाताल तथा ठोट्ने खोला र चिसापानी सामुदायिक वन उपभोक्ता समूहको सरकारी जग्गा व्यक्तिको स्वामित्वमा गएको विषयमा छानबिनका क्रममा उनी दोषी देखिएका थिए ।
उक्त जग्गा व्यक्तिको स्वामित्वमा रहेको सुयल हाउजिङ्ग कम्पनीका नाममा मालपोत कार्यालय, कलंकीले गैरकानुनी श्रेस्ता खडा गरेर पूर्जासमेत उपलब्ध गराएको उजुरी परेको थियो ।
घटनामा मालपोत अधिकृत शिवप्रसाद रिमालसहित अन्यविरुद्ध भ्रष्टा*चार निवारण ऐन बमोजिम कारबाही भएको थियो । उनीहरुले त्यसबेलाको न्यूनतम सरकारी मूल्यांकनअनुसार दुई करोड २१ लाख १० हजार रुपैयाँ पर्ने सरकारी जग्गा हडप्ने उद्देश्यले गैरकानुनी कार्य गरेको अख्तियारको ठहर थियो ।
आयोगले नक्कली जग्गा धनी मिनाकुमारी थापा, कम्पनीका सञ्चालक रामकुमार सुयल थापा, नक्कली जग्गा धनी मिनाका वारेस दीपेन्द्रविक्रम शाह, अधिवक्ता बाबुराम शर्मा रेग्मी र योगेन्द्र पोखरेलविरुद्ध मुद्दा दायर गरेको थियो ।
यसअघि साउन पहिलो साता त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अनिय*मिततामा मुछिएका पूर्वसह–सचिव रामबहादुर पाण्डे र बालुवाटार जग्गा प्रकरणमा मुछिएका पूर्वनासु युक्तप्रसाद श्रेष्ठले पनि आत्मह*त्या गरेका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्