सञ्चारकर्मी रवी लामिछाने ५ दिन प्रहरी थुनामा
पत्रकार सालिकराम पुडासैनीको आत्मह*त्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत चितवनले प्रहरीलाई अनुमति दिएको छ ।
सञ्चारकर्मी लामिछानेलाई जिल्ला अदालत, चितवनले पूर्वसहकर्मी सालिकराम पुडासैनीको आत्मह*त्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो ।
चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले म्याद थप गरेको चितवन प्रहरीले जनाएको छ । लामिछानेलाई अदालतमा उपस्थित गराउनुअघि उनका समर्थकले चितवनमा प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले लामिछानेको यथाशिघ्र रिहाइका लागि माग गरेका थिए ।
भिडका बीच प्रहरीले लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराएको थियो । बिहीबार साँझ लामिछाने र कँडेललाई न्यूज २४ टेलिभिजनबाटै गिर*फ्तार गरिएको थियो भने नर्स अस्मिता कार्कीलाई कलंकीबाट पक्राउ गरिएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्