सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सामान्य विवादमा दाउले हानेर श्रीमतीको ह*त्या

पर्साको कालिकामाई–५ मा एक महिलाको घरायसी विवादका क्रममा श्रीमानले धारिलो हति*यार प्रहार गरी ह*त्या गरेका छन् । प्रहरीले दिएको जानकारी अनुसार स्थानीय ३५ वर्षीया संगीतादेवी कुर्मीको ह*त्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार घटनामा संलग्न भएको आरोपमा कुर्मीका श्रीमान् मुक्ति नारायण राउत कुर्मीको खाजी भइरहेको छ । नारायणले आफ्नै घरमा धारिलो हति*यार प्र*हार गरी श्रीमतीको ह*त्या गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरीक्षक चन्द्रकुमार सिंहले भनेका छन्–‘सामान्य घरायसी झगडामा नारायणले दाउले श्रीमतीको घाँटीमा प्र*हार गरेको देखिएको छ ।’

Hatya chirpat prahar

प्रहरीका अनुसार घटना भएको वेला ३ जना छोराछोरी साथमै थिए । प्रहरी निरिक्षक सिंहले भनेका छन्–‘हामीले मनोविश्लेषक बोलाएर उनीहरुसँग पनि सोधपुछ गर्ने तयारी गरिरहेका छौं ।’ कुर्मीको श*वलाई पोष्टमा*र्टमका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्