करिश्माले रवीका समर्थकलाई भेडा भनेपछी !
अहिले चर्चामा रहेको शालिकराम पुडासैनी आत्मह*त्याको बिषयलाई लिएर चर्चित नायिका करिश्मा मानन्धरले मुख खोलेकी छिन् । शालिकरामलाई आत्मह*त्या गर्न बाध्य पारेको अभियोगमा अहिले पत्रकार लामिछाने, युवराज कँडेल र अस्मिता कार्की हिरासतमा बसेका छन् ।
अहिले लामिछाने समर्थकहरुले विरोध पनी जनाउँदै आइरहेका छन् । यस विषयमा मानन्धरले भिडले कसैलाई न्याय दिन नसक्ने भएको हुँदा यसमा दबाब दिन खोज्नु गलत भएको बताएकी दिएकी छिन् । उनको यो स्टाटसलाई लिएर अहिले उनको व्यापक विरोध पनी भइरहेको छ ।
रवीका समर्थकले भेडा भनेको भन्दै करिश्माको व्यापक बिरोध र गालिगलौज गरेपछी करिश्माले उक्त स्ट्याटसबारे स्पस्टिकरण समेत दिएकी छिन् । स्पस्टिकरण स्ट्याटसमा नायिका करिश्माले कुनै पनि शब्दको अर्थलाई आफु अनुकुल ब्याख्या गरी नबुझिदिन आग्रह गरेकी छिन् । आफुले भेडो शब्दलाई सोझो भन्ने अर्थमा प्रयोग गरेको हुँदा सो शब्दलाई सोही अनुसार बुझिदिन उनले सबैलाई अनुरोध गरेकी छिन् ।
उनले स्ट्याटसमा लेखेकी छिन्–‘राज्यले गर्नुपर्ने कामकाज निजि तवरबाट हुनु खतरनाक हुन्छ ! नत्र किन चाहियो संसद, संविधान, राज्य संयन्त्र ? यत्रो तिरो तिरी रहेका छौँ । तपाईंहरुले नैतिकता नगुमाएको भए यो समस्या आउने थिएन । अब गंगामा हात धुनेले आँट गरे । पहिल्यै भनेको थिए यस्तो स्वतन्त्रताले अराजकता निम्त्याउँछ । सानो देशको व्यवस्था र संबन्धित निकायलाई नियन्त्रणमा राख्न नसक्ने कस्तो सरकार ? अब भोग्नुस ! भेडाहरुको कोलाहाल ! सत्य तितो हुन्छ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्