सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

अर्को निर्वाचन नभए सम्म मेरो पद जान्न: ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहानै बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सरकारले गरेका काम कारबाहीको बारेमा संसदलाई जानकारी गराएका छन् ।

बैठकमा बोल्दै उनले भने सरकारको आलोचनालाई स्वागत गर्ने तर आलोचनाको नाममा प्रतिगमनलाई समर्थन गर्ने कुरालाई आफ्नो सरकारले स्वीकार नगर्ने बताएका हुन।

‘कसैले भन्दैमा कसैको पद नजाने उनले बताएका छन । ‘सबैको पद जान्छ, मेरो पनि पद जान्छ। तर अर्को निर्वाचन पछि मात्रै जान्छ। त्यो भन्दा अगाडि नै जान्छ भनेर कसैले नसोचे हुन्छ’ उनले भने ।

‘यो आर्थिक बर्षमा ७ प्रतिशत आर्थिक ब्रिद्धिदर बढेको छ, यो अर्को वर्ष झनै बढ्नेछ। यो वर्ष मात्र ७०० किलोमिटर बाटो पीच भयको छ । अर्को वर्ष १५०० किलोमिटर बनाउँला’ उनले भने।

प्रधानमन्त्री ओलीले अहिले सरकारको सम्पूर्ण ध्यान विकास निर्माणमा केन्द्रित रहेको बताएका छन्। सरकारले यत्रो बिकासका काम गर्दा पनि केही गरेन भन्नेहरुलाई उनले व्यंग्य पनि गरेका थिए।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS