सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गर्लफ्रेन्ड भेट्न कोठा भाडामा लिएको खुलासा

चितवनको कंगारु होटलमा झु*न्डिएको अवस्थामा मृ*त भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’सँग भेट्न छुट्टै कोठा भाडामा लिएको नयाँ तथ्य फेला परेको छ ।

श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नं. ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला परेको हो ।

महानगरीय प्रहरी परिसरको टोलीले पुडासैनीको कोठाबाट पुडासैनी र उनकी प्रेमिकाको फोटोसहित केही कागजात बरामद गरेको छ । प्रहरीले टोखा नगरपालिका वडा नं. ११ का वडाध्यक्ष उत्तम अधिकारीको रोबहरमा गत बिहीबार कोठा खोलेर खानतलासी गरेको थियो ।

पुडासैनीले एकजना केटीसँग खिचेको फोटो, लालपुर्जा, सेयर प्रमाणपत्र, सुन किनेको बिल लगायत सामग्री बरामद गरेको रोबहरमा बसेका वडाध्यक्ष अधिकारीले बताएका छन् ।

‘प्रहरीले खबर गरेपछि गएका हौं,’ अधिकारीले भने, ‘कोठामा पुडासैनीसहित एक केटीको फोटोसहितका कागजात प्रहरीले बरामद गरेको छ ।’ प्रहरीले उक्त फोटो पुडासैनीले आरोप लगाएकी अस्मिता कार्कीको हो या अन्य कसैको हो, खुलाउन चाहेन ।

महानगरीय प्रहरी परिसरका एसएसपी उत्तम सुवेदीले अनुसन्धानमा रहेको विषयमा बोल्न नमिल्ने बताएका छन् । ‘अनुसन्धान सकिएपछि सबै विषय प्रस्ट बाहिर आउँछ,’ सुवेदीले भने, ‘अनुसन्धान भइरहेको विषयलाई मिडियाले पनि बाहिर नल्याउँदा राम्रो ।’

श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नं. ११ महादेवटारमा कोठा लिएको खुलेको छ ।

Salikram Rent Room in Tokha
पत्रकार शालिकराम पुडासैनीले गलफ्रेन्डलाई भेट्न कोठा भाडामा लिएको टोखा नगरपालिका – ११ स्थित घर । तस्बिरः नागरिक

पुडासैनी मृ*त्युको खबर सामाजिक सञ्जालबाट थाहा पाएपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए । गत बिहीबार प्रहरीले उक्त कोठा खोलेर केही सामान बरामद गरेको हो । पुडासैनीले गत फागुनदेखि उक्त घरमा कोठा भाडामा लिएको घरधनी न्यौपानेले बताइन् । पुडासैनी राति बस्ने नभएर दिउँसोमा त्यहाँ पुग्ने गरेका थिए ।

‘शनिबारको दिन दिउँसोमा एकजना केटी लिएर एकदुई हप्तामा आउनुहुन्थ्यो,’ न्यौपानेले शनिबार नागरिकसँग भनिन्, ‘केटी को हो भन्ने थाहा भएन ।’ पुडासैनीले भाडा लिएको कोठा घरको भुइँतलामा छ । कोठाभित्र पसेर निस्केको पनि उपल्लो तलामा बस्ने घरधनीले धेरै थाहा पाउँदैनन् ।

पुडासैनीले कोठा भाडामा लिँदा आफू कलेज पढ्ने र काम गर्ने भएकाले कहिलेकाहीं बस्ने बताएका थिए । पछि घरधनीले पत्रकार भएको थाहा पाएका थिए । कोठा खोज्न पुडासैनी एकजना केटी लिएर आएको न्यौपानेले बताइन् । ‘कोठा खोज्न आउँदा एकजना केटी साथी थिई,’ न्यौपानेले भनिन्, ‘को हो, सोधिएन ।’

कोठा खाली भएकाले भाडामा दिएको उनले बताइन् । पुडासैनीले दुई महिनादेखिको भाडासमेत तिर्न बाँकी छ । उनले प्रतिमहिना चार हजार रुपैयाँ तिर्दै आएका थिए । गलफ्रेन्ड भेट्न भाडामा कोठा लिएको विषय प्रहरीले बाहिर ल्याएको छैन ।

पुडासैनीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने, युवराज कँडेल र ओखलढुंगा घर भई काठमाडौंमा बस्ने अस्मिता कार्कीका कारण आफू आत्मह*त्या गर्न बाध्य भएको आरोप लगाउँदै गरेको भिडियो रेकर्ड उनको मृ*त्युपछि सार्वजनिक भएको थियो ।

लामिछाने, कँडेल र कार्की अहिले जिल्ला प्रहरी कार्यालय चितवनको हि*रासतमा छन् । मुलुकी अप*राध संहिता ऐन २०७४ को भाग २ परिच्छेद १२ अनुसार आत्मह*त्या गर्न दुरुत्साहन गरेको आरोपमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

पत्रकार पुडासैनीको मृ*त्यु, लामिछाने र कँडेल पक्राउ परेको विषयलाई लिएर अहिले सडकदेखि सदनसम्म बहस भइरहेको छ । लामिछानेका समर्थकले उनलाई फसाउन लागेको भनेर सडक आन्दोलनमा छन् ।

उता प्रहरी हिरासतमा रहेका लामिछानेले आफू असुर*क्षित रहेको पत्रकार टेकनारायण भट्टराईसँगको भेटमा बताएको अडियो रेकर्ड सार्वजनिक भएको छ । प्रहरीले पुडासैनी र अस्मिताबीच भएका फेसबुक तथा एसएमएस संवाद पनि अध्ययन गरिरहेको छ ।

घटनाको अनुसन्धान भइरहेको बेला प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि चितवन पुगेर रवी लामिछानेसँग भेटघाट गरेका छन् । लामिछानेले आफू असुरक्षित भएको बताएको सार्वजनिक भएपछि खनालले भेटेका हुन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्