सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जहाजभित्रै सामान चोरी, पक्राउ परे चिनियाँ

त्रिभुवन विमानस्थलमा जहाजभित्रै सामान चोरी गरेको आरोपमा प्रहरीले दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राहदानी नं. इजी ६८४२७२२ बाहक क्यूआई म र राहदानी नम्बर इजी ५७४२५२३ बाहक सिन्जोङ हु रहेका छन् ।

टर्किस एयरलाइन्सबाट बुधबार काठमाडौं आएका उनीहरुले जहाजभित्रै डेनमार्कका नागरिकको सुन र नगद चोरी गरेको प्रहरीले जनाएको छ । प्रहरीलाई खबर प्राप्त भएअनुसार शनिबार बिहान टर्किस एयरलाइन्सबाट स्तानबुल जान लागेका बेला उनीहरुलाई चोरी भएको सुनको बाला दुई वटा र विभिन्न देशका मुद्रासहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Tribhuwan International Airport in Nepal

त्यसैगरी त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल एयरपोर्ट नजिक डेरा गरी बस्ने ४५ वर्षीया गंगा गिरीको कोठामा चोरी भएको छ । शनिबार साँझ सुनका विभिन्न गहना र नगद ४ हजार रुपैयाँ समेत गरी करिब २ लाख ८४ हजार रुपैयाँ चोरी भएको हो ।

काठमाडौं–९ सिनामंगल डेरा गरी बस्ने सुन्दरीजल घर भएकी ४९ वर्षीया चन्दा तामाङको कोठाबाट पनि चोरी भएको प्रहरीले जनाएको छ । शनिबार साँझ सुनका विभिन्न गहना र नगद ५० हजार रुपैयाँ समेत गरी करिब २ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्