सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

चितवनमा ५ जना भन्दा बढी भेला हुन निषेधाज्ञा

आईतबार रबि लामिछानेलाई रिहाई नगरेपछी रबि लामिछाने समर्थकहरु टायर बालि सडक आन्दोलनमा उत्रिएपछी चितवन प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला अदालत आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

पत्रकार शालिकराम पुडासैनीको आत्मह*त्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आत्मह*त्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ । आज बयान तथा थुनछेक बहस हुँदैछ । तर, लामिछाने निर्दोष भएको भन्दै चितवनमा लगातार प्रदर्शन हुँदै आएको छ ।

आइतबार लामिछानेलाई अदालतबाट जिल्ला प्रहरी कार्यालयको हिरासतमा लैजाने क्रममा प्रदर्शनकारीले प्रहरीमाथि बोतल हानेका थिए । त्यसक्रममा केही तनावको स्थिति उत्पन्न भएको थियो । जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार साँझ नै निषेधाज्ञा जारी गरेको छ ।

Rabi Lamichhane Supporter Aandolan

जसअनुसार आज विहान ६ बजेबाट अर्को सूचना जारी नभएसम्म हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले ५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन पाइने छैन । निषेधाज्ञा लागू हुने चार किल्ला समेत तोकिएको छ ।

पूर्वतर्फ बाइपास सडकतर्फ आन्तरिक राजश्व कार्यालयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म

पश्चिमतर्फ लोकमार्गको सप्तगण्डकी अस्पताल चोकदेखि चौबिसकोठी चोकसम्म

उत्तरतर्फ बाइपास सडकको आन्तरिक राजश्व कार्यालय चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज जाने चोक, नारायणी मावि, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गको चौबिसकोठी चोकसम्म

दक्षिणतर्फ बाइपास सडकतर्फ घरेलु कार्यालयको चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्व पश्चिम लोकमार्गतर्फ सप्तगण्डकी अस्पताल चोकसम्म ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ क अनुसार यो आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका छन् । यसको उल्लंघन गर्नेलाई प्रजिअले ५०० सम्म जरिवाना वा एक महिनासम्म कै*द वा दुबै स*जाय तोक्न सक्ने ऐनमा व्यवस्था छ ।

https://youtu.be/xRmOWyBuFc4

फेसबुकबाट कमेन्ट गर्नुहोस्