सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रबि लामिछानेसहित युवराज र अस्मिता पनि रिहा

टेलिभिजन प्रस्तोता रवि लामिछाने पाँच लाख धरौटीमा रिहा भएका छन् । उनलाई चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

पत्रकार युवराज कँडेल तीन लाख धरौटीमा रिहा भएका छन् भने अस्मिता कार्की तारेखमा रिहा भएकी छन् । रवि र युवराजले धरौटीमा बसेर मुद्दाको पुर्पक्ष गर्नेछन् । उनीहरुविरुद्ध पत्रकार शालिकराम पुडासैनीको आत्मह*त्याका लागि दुरुत्साहन गरेको अभियोगसहित अघिल्लो साता मुद्दा दायर भएको थियो ।

उनीहरुको रिहा लगत्तै रवि लामिछानेका शुभेच्छुक र आफन्तले खुशीयाली मनाएका छन् । लामिछाने लगायत अभियुक्त विरुद्धको मुद्दा पूर्वाग्रहपूर्ण र प्रतिशोधका आधारमा दर्ता भएको दाबी गर्दै २३ कानुन व्यवसायीले दिनभर बहस गरेका थिए ।

रविसहित तीनैजनालाई चितवन प्रहरी र काठमाडौं प्रहरीको संयुक्त टोलीले साउन ३० गते काठमाडौंबाट पक्राउ गरेको थियो । रवि र युवराज बिहीबार साँझ पानीपोखरीस्थित न्युज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको थियो । लामिछाने न्युज २४ टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संयोजक हुन् ।

Rabi Lamichhane News

चितवन जिल्ला अदालतले भदौ ३ गते लामिछानेलाई छानबिनका लागि ५ दिन म्याद थप गरेको थियो । जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले मंगलबार लामिछानेसहित तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।

पत्रकार पुडासैनीले आत्मह*त्याअघि अस्मिता, लामिछाने र कँडेलले आफूलाई म*र्न बाध्य पारेको भन्दै रेकर्ड गरेको भिडियो सार्वजनिक भएको थियो । पुडासैनीकै आवाजको भिडियो रहेको पुष्टिपछि थप अनुसन्धान गर्न लामिछाने, कार्की र कँडेलमाथि प्रहरीले १० तीनसम्म हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।

पुडासैनीले भिडियोमा कार्की, लामिछाने र कँडेलले आफूलाई फसाउन खोजेकाले आत्मह*त्याका लागि विवश बनाएको बताएका छन् । उनी साउन २० गते चितवनको होटल कांगारुमा आत्मह*त्या गरेको अवस्थामा फेला परेका थिए ।

उनले सिधा कुरा जनतासँगको कार्यक्रम छाडेर माउन्टेन टेलिभिजनमा काम गरेको भिडियोमा उल्लेख गरेका छन् । रबि लामिछानेको सिधा कुरा जनतासँग कार्यक्रम छाडेपछि आफूले धेरै धम्की खेपेको र आत्मह*त्या गर्न बाध्य भएको दाबी पुडासैनीले गरेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्