सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

को–कोले जिते एनआरएनए जापानको निर्वाचन ?

करिब १ लाख नेपालीको बसोबास रहेको जापानमा गैर आवासीय नेपाली संघ जापानको नयाँ कार्यसमिति चयन भएको छ । सेप्टेम्बर ८ तारिखमा भएको अनलाईन मतदान मार्फत आफ्ना अन्य ३ प्रतिस्पर्धीलाई हराउँदै देवीलाल भण्डारी गैर आवासीय नेपाली संघ जापानको अध्यक्षमा निर्वाचित भएका छन् ।

आगामी (२०१९–२०२१) कार्यसमितिको अध्यक्ष पदमा विजयी भएका देवीलाल भण्डारीले ५८५ मत प्राप्त गरेका छन् भने उनका मुख्य प्रतिद्वन्द्धी मानिएका टासीवांग्दी लामाले ५५५ मत ल्याएका थिए । अन्य दुई जना प्रतिस्पर्धी दिनेसकुमार गुरुङले २३३ मत ल्याएका थिए भने शिवप्रसाद पौडेलले २ सय ४० मत ल्याएका थिए ।

Debilal Bhandari After Elected NRNA JAPAN

गैर आवासीय नेपाली संघ जापानको बरिष्ठ उपाध्यक्षमा अनिता गुरुङ विजयी भएकी छिन् । गुरुङले प्रतिस्पर्धी सरोजकुमार खत्रीलाई हराउँदै बरिष्ठ उपाध्यक्षमा बाजी मारेकी हुन् । महासचिवमा जनकविक्रम शाहीले निवर्तमान महासचिव बुद्धिराज घिमिरेलाई हराएर विजयी भएका छन् ।

Debilal Bhandari NRNA Japan Chairman 2019-21
गैर आवासीय नेपाली संघ जापानको २०१९–२१ कार्यसमितिका नवनिर्वाचित अध्यक्ष देवीलाल भण्डारी

उपाध्यक्षतर्फ लक्ष्मण वानिया र नारायण खड्का निर्विरोध चयन भएका छन् । त्यसैगरी सचिव पदमा विष्णुप्रसाद घिमिरे र टिकाराम खरेल निर्विरोध चयन भएका छन् । क्षेत्रिय उपाध्यक्षतर्फ दिपक केसी निर्वाचित भएका छन् ।

युवा संयोजक पदमा राम थापा (अनिल) विजयी भएका छन् । त्यसैगरी क्षेत्रियतर्फको सचिवमा विकास वस्नेत विजयी भएका छन् । वस्नेत महेश्वर रिसाललाई हराउँदै क्षेत्रिय सचिवमा विजयी भएका हुन् ।

Janak Bikram Shahi
गैर आवासीय नेपाली संघ जापानको २०१९–२१ कार्यसमितिका नवनिर्वाचित महासचिव जनक विक्रम शाही

गैर आवासीय नेपाली संघ जापानको महिला उपाध्यक्षमा सविता श्रेष्ठ निर्विरोध चयन भएकी छिन् भने महिला संयोजकमा पनि संगिता अधिकारी निर्विरोध चयन भएकी छिन् । त्यसैगरी कोषाध्यक्षमा निवर्तमान कोषाध्यक्ष कालिका थापा नै निर्विरोध चयन भएकी छिन् । सह–कोषाध्यक्षमा सचिन श्रेष्ठ निर्वाचित भएका छन् ।

NRN Japan Bikash basnet
गैर आवासीय नेपाली संघ जापानको २०१९–२१ कार्यसमितिका नवनिर्वाचित सचिव (क्षेत्रिय) विकास वस्नेत

गैरआवासीय नेपाली संघ जापानको युवा उपाध्यक्षमा कान्तोका निवर्तमान संयोजक नवीन नीउरे निर्विरोध चयन भएका छन् । अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्यमा डण्डपाणी कँडेल र तुल्सीराम खरेल निर्विरोध चयन भएका छन् ।

सदस्यमा राजेश खनाल, सुपेन्द्र घिसिङ, बाबुराम खनाल, महेश कुमार कट्वाल, डिलाराम गैरे, शिवु थापा, जिवन कुमार गुरुङ, अञ्जु भण्डारी चयन भएका छन् । अञ्जु भण्डारी निर्विरोध चयन भएकी हुन भने अरु प्रतिस्पर्धाबाट आएका हुन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्