प्रहरीले किन लुकाउन खोज्यो मापसे दुर्घ*टना ?
भरतपुर महानगरपालिकाको मूल सडकमा शनिबार राति भएको एक दुर्घ*टना प्रहरीले गोप्य राख्न खोजेको भेटिएको छ । राति करिब ११ बजेतिर भएको सडक दुर्घ*टनामा बा २१ च ७४२ नम्बरको गाडी सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो ।
तर भरतपुर महानगर १० चौबिसकोठीको व्यस्त चोकमा घटेको यो घटना ट्राफिक प्रहरी कार्यालय र नेपाल प्रहरी कन्ट्रोल रुम कतै पनि दर्ता भएको भेटिएन । प्रहरी कन्ट्रोलको १०० र ट्राफिक प्रहरीको १०३ मा सम्पर्क गर्दा उक्त दुर्घ*टनाबारे रिपोर्टिङ भएको र दर्ता भएको भेटिएन ।
फिल्डमा खटिएका प्रहरीदेखि, गस्तीमा खटिएकासम्मले यसबारे सूचना दिन मानेनन् । डीएसपी तहसम्मबाट पनि घटनाबारे जानकारी पाइएन । ट्राफिक प्रहरीका इन्सपेक्टर चन्द्र गिरीले ९ बजेपछि ट्राफिकको ड्युटी सकिने भएकोले आफूहरूलाई घटनाबारे थाहै नभएको बताए । ‘हाम्रो ड्युटीपछि जिल्ला प्रहरीले गस्ती गर्छ । उसैले हेर्छ’, उनको प्रतिक्रिया थियो ।
ट्राफिक प्रहरीले घ*टनाबारे थाहै नभएको दाबी गरेपछि जिल्ला प्रहरी कार्यालयको रेकर्ड हेरियो तर त्यहाँ पनि राति कुनै दुर्घ*टना भएको उल्लेख थिएन । डीएसपी तहसम्मले घ*टनाबारे अनभिज्ञता देखाए ।
चितवनका एसपी दानबहादुर मल्लले पनि पहिलो प्रयासमा घ*टनाबारे बताउन मानेनन् । दोस्रोपटक बल्ल उनले घ*टनाबारे बुझेको बताए । ’मापसेको घ*टना रहेछ’, उनले भने, ’त्यही अनुसार कारबाही हुन्छ ।’

ट्राफिक प्रहरी तथा नेपाल प्रहरीमा घट*नाबारे किन केही रेकर्ड नभएको भन्ने प्रश्नको उनको जवाफ थियो–‘त्यहाँ प्रहरीको गस्ती टोली थियो। गस्ती टोलीले नै भेटेर उद्दार गरेपछि के को रेकर्ड ? न कसैको उ*जुरी, न केही ।’
दुर्घ*टनामा परेको गाडी चलाएका थिए स्थानीय व्यवसायी मनोजराज श्रेष्ठले । गाडी ठोक्किएर भाँचिएको बिजुलीको पोल आइतबार बिहानै गुपचुप फेरिएको छ । भरतपुर १ का श्रेष्ठ लालिगुराँस डेन्टलका सञ्चालक हुन् । उनी जेसिसका अभियन्ता पनि हुन् । अहिले उनी जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा छन् ।
बा २१ च ७४२ नम्बरको गाडी बिजुलीको पोलमा ठोक्किएर माथि चढेको थियो । उक्त बिजुलीको पोल नै भाँचिएको थियो । तर उनलाई चोटपटक लागेन । उनी सामान्य अवस्थामा रहेको एसपी मल्लले बताएका छन् ।
मापसेले ठूलै दुर्घटना निम्त्याएकाले अरु केही कारबाही हुन्छ कि भन्ने प्रश्नमा मल्लले त्यो कारबाही विद्युत प्राधिकरण वा सडक विभागले गर्न सक्ने बताए । ‘हामीले कारबाही गर्ने मापसेमा हो, सचेत बनाएर छोड्ने हो’, उनले भने, ’उहाँ हाम्रो नियन्त्रणमा हुनुहुन्छ । छोडेका छैनौँ । क्षतिपूर्ति भराउने निकाय छन् ।’
अन्नपुर्ण पोष्टमा प्रकासित समाचार साभार गरिएको हो ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्