सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानको सहयोगमा विमानस्थलमा सौर्य उर्जा

नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमाली क्षेत्रका प्रमुख पर्यटकीय गन्तव्यमा रहेका विमानस्थलमा चाहिने विद्युत पुर्तिका लागी सौर्य उर्जा सञ्चालन गर्ने भएको छ । विमानस्थलका लागि आवस्यक उर्जा सोलारबाट उत्पादन गर्न धमाधम जडान गरिरहेको प्राधिकरणले जानकारी दिएको छ ।

पर्यटकीय स्थानमा रहेका दुर्गमका लुक्ला, जोमसोम, रारा, सिमिकोट र जुम्ला विमानस्थलमा सौर्य उर्जा जडानको काम भइरहेको नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक ईन्जिनियर संजिवसिंह कठायतले जानकारी दिएका छन् ।

यी विमानस्थलमा आवस्यक उर्जाको माग पूरा गर्न सोलार प्यानल जडान गर्न लागिएको उनले जानकारी दिएका हुन् । उनले भने–‘एकातिर सौर्य उर्जाले माग पूरा गर्छ, अर्कोतिर तत्ककालका लागि यसबाट अविच्छिन्न उर्जा आपूर्ति हुन्छ ।’

Lukla Airport
लुक्ला विमानस्थल

विमानस्थलमा भएका सञ्चार, रनवे लाइट समेतका लागि आवस्यक उर्जा आपूर्ति सोलारबाट हुने उनको भनाइ छ । यो काम प्राधिकरण आफ्नै बजेटबाट गरेको भने होइन । यसका लागि जापान सरकारको सहयोग गरेको छ ।

जापानी सहयोग नियोग (जाइका) ले यी पाँच विमानस्थलमा सोलार राख्न तथा काठमाडौं विमानस्थलको धावनमार्गमा लोकलाइज डिएमई जडान गर्नका लागि १ अर्ब ४० करोड सहयोग उपलब्ध गराएको छ ।

जाइकाले नेपालको दुर्गम क्षेत्रका विमानस्थलमा समेत काम गर्न तयार भएको र प्राधिकरणले दुर्गमका अन्य विमानस्थल सुधारमा पनि काम गर्न खोजेको उनको भनाइ छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्