सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सुध्रिने मौका दिँदै प्रहरीले ज्ञानेन्द्रलाई छाड्यो

विमान कुराएको भन्दै मन्त्रीमाथी अभद्र ब्यबहार गरेको आरोपमा पक्राउ परेका आफूलाई भ्र*ष्टाचारविरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीलाई प्रहरीले थु*नामुक्त गरिदिएको छ । उनलाई मन्त्रिमाथी अभ*द्र ब्यबहार गरेको र हवाई उडान सम्बन्धि ऐनको उलं*घन गरेको क*सुरमा मु*द्दा चलाउने भनिएको थियो ।

नेपालगञ्ज विमानस्थलमा पर्यटनमन्त्री योगेश भट्टराईमाथि भएको दुव्र्यवहारको विषयमा स्पष्टिकरण दिन शाहीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकार भेषमा गएका आफुलाई विद्यार्थी बताउने समुहसंग घम्साघम्सी भएपछि उनलाई नियन्त्रणमा लिइएको थियो ।

ललितपुर प्रहरी परिसरका एसपी दुर्गा सिंहले शाहीलाई हि*रासतबाट मुक्त गरिएको बताएकी छिन् । उनले भनेकी छिन्–‘आइन्दा अभ*द्र व्यवहार नगर्ने सर्त गराएर छाडेका हौं ।’ उनका अनुसार शाहीलाई यो सुध्रिने मौका दिईएको हो ।

Gyanendra Shahi Picture

शाही लगायतका युवाले गत शनिबार मन्त्री भट्टराईका कारण नेपालगञ्ज विमानस्थलबाट बुद्ध एयरको विमान काठमाडौं उड्न १ घण्टा ढिला भएको भन्दै विमान भित्रै मन्त्रिलाई गा*लीगलौज गरेका थिए ।

तर, गा*लीगलौजका क्रममा संयमित देखिएका भट्टराईले विमान उड्न निर्धारित समयभन्दा १५ मिनेट ढिला भएको प्रष्टीकरण दिएका छन् र त्यसप्रति माफी पनि मागेका छन् । बुद्ध एयरले पनि शाहीको समूहले दाबी गरेजस्तो १ घण्टा नभएर १५ मिनेट मात्रै उडान ढिलो भएको जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्