गृहमन्त्रीका भाइलाई १ लाख धरौटीको आदेश
संगठित अप*राध र अपरा*धिक लाभ सम्बन्धी कसूरका आरोपित गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का भाइ नरेशलाई थुनामुक्त गर्न जिल्ला अदालत, काठमाडाैंले आदेश दिएको छ ।
निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेको जाेहरीका आधारमा ब्युरोका डीएसपी निरञ्जन दत्त भट्टले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा अदालतसम्म पुगेको थियो ।
न्यायाधीश मेदनीप्रसाद पौडेलको इजलासले एक लाख रुपैयाँ धरौटीमा उनलाई छाड्न आदेश दिएको हो । अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले थापालाई छाड्न आदेश दिएको पुष्टि गरेका छन ।
मंगलबारै आदेश आउने भनिए पनि वकिल धेरै भएका कारण थुनछेक बहस नसकिएपछि बुधबार मात्रै आदेश आएको हो ।अदालतको आदेशपछि नरेशलाई थुनामुक्त गर्न कागजी प्रक्रिया पूरा गरिँदैछ । ‘उहाँले रकम जम्मा गर्दै हुनुहुन्छ’, श्रेष्ठले जानकारी दियका छन ।
यस् प्रकरणमा थापासँगै पवन खड्का, समिरमानसिंह बस्न्यात, सुरेन नगरकोटी बलामी, जे भन्ने जावेद अनवर दिन, शैलेश प्रजापती, विनोद लामा, विरवल भट्टराई र प्रवेश भन्ने मनबहादुर पुन मगरलाई प्रतिवादी बनाएर मुद्दा दायर भएकोमा उनीहरुमध्ये जावेद अझै फरार छन् भने बस्न्यात केन्द्रीय कारागार, सुन्धारामा छन् ।
गुण्डा नाइके समिरमान सिंह बस्न्यातका दुई सहयोगी पवन खड्का र सुरेन नगरकोटीको नरेशसँग सम्बन्ध देखिएपछि उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको थियो ।
अदालतमा बयानका क्रममा थापाले बस्न्यातसँग आफ्नो चिनजान नभएको दाबी गरेका थिए भने उनलाई नभेटेको पनि बताएका थिए ।
पछिल्लो केही महिनायता उपत्यकाका बिभिन्न निर्माण व्यवसायीसङ्ग रकम नै तोकेर यदी नदिए शरदकुमार गौचनको जसरी गोली हानेर ह*त्त्या गरिदिने भन्दै धम्की आउने गरेको थियो । उक्त धम्की जेलमा रहेका गुण्डा नाइके समिरमानको योजनामा आएको प्रहरी निष्कर्ष थियो । त्यसैले उनलाई कारागार सरुवा गरेर मुस्ताङ लिन खोजिएको थियो । तर, उनकी श्रीमती र दाइले अदालतमा रिट हालेपछि उनको सरुवा रोकिएको थियो ।
आफ्नो समुहमा गृहमन्त्रीका भाइ नरेशलाई प्रयोग गरे कुनै पनि सदस्य पक्राउ परे छुटाउन सजिलो गरिदिने अपेक्षा उक्त समूहमा देखिएको प्रहरीको दाबी थियो । तर, अदालतले उनको प्रकरणमा संलग्नता देखिने स्पष्ट प्रमाण नभएको भन्दै धरौटिमा छोड्न आदेस गरेको हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्