सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

अनुगमन टोलीलाई बोरामा हालेर फालिदिने धम्की

न्यूरोडको रन्जना कम्प्लेक्सको कपडा होलसेल पसलहरुमा अनुगमन गर्न पुगेको वाणिज्य विभागको टोली माथि व्यवसायीले दुव्र्यवहार गर्दै धम्की दिएका छन् । अस्वभाविक मुल्य बृद्धी भएको सुचनापछी अनुगमनमा गएको बाणिज्य विभागको टोलीलाई व्यवसायीले बोरामा हालेर खसालीदिने धम्की दिएका हुन् ।

विभागका महानिर्देशक योगेन्द्र गौचनले भने–‘लत्ताकपडामा अस्वाभाविक मूल्यवृद्धि गरिएको सूचना पछि बिहीबार अनुगमनमा गएको विभागको तीन टोलीमाथि अबरोध गर्दै व्यवसायीले बोरामा बाँधेर कम्पलेक्सबाट खसाल्ने धम्की दिएका छन् ।’

Banijya Bibhag

मूल्यसूची नराखेका, खरिद बिल बिजक नभएका ४ वटा पसललाई जनही ५० हजार रुपैयाँका दरले अनुगमन टोलीले जारिवाना गरेपछि व्यवसायी अनुगमन टोलीमाथि खनिएको महानिर्देशक गौचनले जानकारी दिएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS