सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पुर्व माओवादी कमा*ण्डर बने सहायक रथी

तत्कालीन माओवादी लडा*कूका डिभिजन कमा*न्डर यमबहादुर अधिकारी नेपाली सेनाको सहायक रथीमा बढुवा भएका छन् । सरकारले विशेष पद सिर्जना गरेर अधिकारीलाई चार वर्षका लागि सहायक रथीमा बढुवा गरेको हो ।

बिहीबार सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नियमित पत्रकार सम्मेलनमा बोल्दै महासेनानी अधिकारीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

Yam-bahadur-adhikari

माओवादी शान्ति प्रक्रियाामा आएपछि अधिकारी इलामको चुलाचुली शिविरका कमा*न्डर थिए । सेना समायोजनमा उनलाई उपसेनानीको दर्जा दिइएको थियो ।

उपसेनानीबाट, सेनानी, सहायक सेनानी, महासेनानी हुँदै उनी सहायक रथी बनेका हुन् । माओवादीबाट समायोजन भएका पूर्वलडा*कुले पाएको यो नै सर्वोच्च पद हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्