सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

राष्ट्रपतिद्वारा २६० को कैद कट्टा, २२ ले पाए आममाफी

सरकारले यस वर्षको संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले २ सय ६० जना कैदी–बन्दीको कैद कट्टा गरेकी छन् । २२ जनाले सजाय आममाफी पाएका छन् ।

संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी–बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार राष्ट्रपति भण्डारीले विगत वर्षहरूमा जस्तै देशका विभिन्न कारागारमा रहेका २६० जना कैदिबन्दिको कैद कट्टा गरेकी हुन् ।

२२ जना व्यक्तिहरुलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्व लगायतको सजाय आम माफी गरेकी छन्

संविधानको धारा २७६, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ अनुसार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूको सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS