एशिया प्यासिफिक संयोजकमा गुरुङको उम्मेद्वारी
गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन मिति नजिकिँदै जाँदा बिभिन्न पदका आकांक्षिहरुबिच उम्मेद्वारी घोषणा गर्ने होडबाजी सुरु भएको छ । एनआरएनएको आसन्न निर्वाचनका लागी बिभिन्न पदहरुमा केही नयाँ अनुहार देखा परेका छन् भने केही पटक–पटक हार ब्यहोरेका अनुहार पनि मैदानमा उत्रिएका छन् ।
उसो त वर्तमान कार्यसमितिकै पदाधीकारीहरु पनि भिडन्तमा उत्रिएका छनु । देशबाहिर रहेका करिब ५० लाख नेपालीको साझा संस्था भन्दै वकालत गर्दै आएको एनआरएनएको नयाँ नेतृत्वमा को–को आउँछन्, को–को पराजित हुन्छन त्यो भने निर्वाचन पछी मात्रै थाहा होला ।
नेतृत्वमा जोसुकै आए पनि सबैको उद्देष्य, कर्तव्य र जिम्मेवारी गैर आवासीय नेपालीका पक्षमा काम गर्ने नै हो । यसै मेसोमा गैर आवासीय नेपाली संघको अन्तराष्ट्रिय समवन्य परिषद्को निर्वाचनमा जापानलाई कर्मथलो बनाउँदै आएका व्यवसायी अजीव गुरुङ ‘ओम’ले एसिया प्यासिफिकको संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
गैर आवासीय नेपाली संघ जापानको उपाध्यक्ष, अध्यक्ष हुँदै ३ पटकसम्म आईसीसी सदस्यको रुपमा काम गरिसकेका गुरुङले यसपालीको निर्वाचनमा एसिया प्यासिफिकको संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
नेपालमा पर्वत जिल्लाको फलेवास नगरपालिका–८ ठानामौलाको खाल्टेमा जन्मिएका गुरुङको घर अहिले चितवनको माडीमा छ । लामो समय देखी जापानमा रेष्टुरेन्ट र रेमिट्यान्स व्यवसाय गर्दै आएका उनी स्थापित ब्यवसायीका रुपमा चिनिन्छन् ।
एनआरएनए जापानमा रहँदा एक कार्यकाल ब्याक बसेर अर्का उपाध्यक्षलाई अध्यक्षका लागी मार्गप्रसस्त गरेका गुरुङले आफू अध्यक्षको उमेद्वार हुँदा सिंगो कार्यसमिति सर्बसम्मत गराएका थिए ।
एनआरएनएका यसअघिका निर्वाचनहरुमा पनि आफ्नो बलियो सम्भावना हुँदाहुँदै सहकर्मी तथा प्रतिस्पर्धीहरुलाई समर्थन गरेका गुरुङले अब नेतृत्व गर्ने पालो आफ्नो भएको बताएका छन् ।
नेपालीका लागी नेपाली, एकपटकको नेपाली सँधैका लागी नेपाली भन्ने गैरआवासीय नेपाली संघको मुल नारालाई सार्थकर्ता दिन आफूले एसिया प्यासिफिकको संयोजक पदमा उम्मेदवारी दिन लागेको उनले प्रस्ट पारेका छन् ।
नेपाल आदिवासी जनजाती महासंघ जापानको संस्थापक अध्यक्ष लगायत तमु धीं जापान, पर्वत समाज जापान, चितवन समाज जापान लगायत बिभिन्न संस्थामा आवद्ध रहेका गुरुङ गैर आवासीय नेपाली संघका वर्तमान अध्यक्ष भवन भट्टसँग नजिक मानिन्छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्