सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानवासी नेपालीमाझ के भने उर्जामन्त्री पुनले ?

जापानी विकास नियोग (जाईका) को निमन्त्रणामा ४ दिने जापान भ्रमणमा आएका ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन (अनन्त) ले नेपाललाई आत्मनिर्भर बनाउन ऊर्जा क्षेत्रमा लगानी गर्न जापानमा रहेका प्रवासी नेपालीहरुसँग आग्रह गरेका छन् ।

प्रवासी नेपाली एकता मंन्च जापानले मंगलबार टोकियोमा आयोजना गरेको ‘समृद्ध नेपाल निर्माणमा उर्जाको महत्व र प्रवासी नेपालीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले समृद्धिको नारा पुरा गर्न देशलाई आत्मनिर्भर बनाउनुपर्ने बताएका हुन् ।

मन्त्री पुनले सरकार समृद्धिको यात्रामा अघि बढेको बताउदै सरकारको यात्रामा सहकार्य गर्न जापानबासी नेपालीको पनि भूमिका रहेको उल्लेख गरेका छन् । मन्त्री पुनले समृद्धिको नारा पुरा गर्न सरकारले शुशासन, गरिवी निवारण र उद्यमशिलतालाई प्राथामिकतामा राखेर काम गरेको बताउदै विकास र समृद्धि सापेक्षित रुपमा हुने बताएका छन् ।

Barshaman Pun

मन्त्री पुनले जापानी नागरिक नेपालमा लगानी गर्न इच्छुक भएकोले वातावरण मिलाउन जापानवासी नेपालीसँग आग्रह गरेका छन् । जापान बसाईका क्रममा मन्त्री पुनले जापानका कृर्षी तथा वन मामिला मन्त्री इतो योशिताका, जापानको लिबरल डेमोक्रेटिक पार्टीका महासचिव निकाई तोसिहिरो, जाईकाका उपाध्यक्ष हिरोसी कातो र परराष्ट मन्त्रालयका अधिकारीहरुसँग उच्च स्तरीय भेटघाट गरि ऊर्जाकै विषयमा छलफल हुने बताईएको छ ।

ऊर्जामन्त्री पुनको प्रमुख आतिथ्यता र घिसिङको विशेष उपस्थितिमा भएको अन्तरक्रिया कार्यक्रममा जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, बिभिन्न प्रवासी संघसस्थाका प्रतिनिधी लगायत जापानका विभिन्न ब्यक्तित्वहरुको सहभागीता रहेको थियो । मन्त्री पुन २७ तारिख शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्