सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा नेपाल फेस्टिवल भव्य रुपमा सम्पन्न

दुनियाँले शान्तिको प्रतिकका रुपमा मान्दै आएका गौतम बुद्धको आँखाको आकृतिसहितको नेपाली कला संस्कृती झल्कने मञ्च अनि नेपालमा लोप हुने अवस्थामा रहेको नेपाली परम्परागत गोलघर । मञ्च भन्दा अगाडी चौरको चारैतिर नेपाली खानाका परिकार र साथमा नेपालीसँग सम्बन्धित व्यवसाय र कला संस्कृतीको प्रतिनिधित्व गर्ने स्टलहरु । जापानको गुन्माकेनमा दुई दिनसम्म भएको मेलामा पुग्ने जोकोहीलाई यो दृष्यले नेपालको झल्को दिलाउँथ्यो ।

यो विज्ञापन सामाग्री हो ।

नेपाल भ्रमण बर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देष्य राखी सेप्टेम्बर २८ र २९ तारिखमा जापानको गुन्माकेनस्थित ओईजुमीमा आयोजना गरिएको नेपाल फेस्टिवल २०१९ भव्यताका साथ सम्पन्न भएको छ । हाकेन कम्पनी प्रोफिट सर्भिसको मुख्य आर्थीक प्रायोजनमा आयोजना गरिएको फेस्टिवलमा दर्शकहरुको उल्लेख्य रुपमा सहभागीता रहेको थियो ।

Nepal Festival Gunma Japan

प्रोफिट सर्भिसका सञ्चालक तथा मेला आयोजक समितिका उप–संयोजक सञ्जय गुरुङ र शेखरमान डंगोलका अनुसार जापानको सरकारी निकाय गुन्माकेनस्थित ओईजुमी सिटी अफिसको सह–आयोजनामा भएको नेपाल फेस्टिवललाई नेपाली साझा समाज जापानले आयोजना गरेको हो । मेलाको उद्घाटन समारोह ओइजुमि सिटीका मेयर मुरायामा तोसिआकीको प्रमुख आथित्यमा सम्पन्न भएको थियो ।

Nepal Festival Gunma Japan

उद्घाटन समारोहमा ओईजुमी सिटीका मेयर मुरायामा तोसिआकी, गुन्माकेनका सांसद खागाया फुजिको, सांसद यागिता यासुयुकी, ओइजुमि प्रहरीका उप–प्रमुख ताजिमा मासानारी, खामेयामा नोबुओ लगायतले नेपाली भाषामा शुभकामना मन्तव्य राख्दै नेपाल जापान सम्बन्धको चर्चा गरेका थिए ।

Nepal Festival Gunma Japan
मेला उद्घाटनपुर्वको पञ्चेबाजा सहितको झाँकीमा नेपाली साझा समाजका अध्यक्ष बुद्धि शेरचन लगायत

नेपाली भाषामै शुभकामना मन्तव्य राख्दै सोफिया युनिभर्सिटीकी प्रोफेसर तथा दक्षिण एसिया विज्ञ तानाखा मासाकोले पनि नेपाल–जापान सम्बन्ध र नेपालीहरुको समस्या, आनीबानी र व्यवहारहरुको बारेमा चर्चा गरेकी थिइन । त्यस्तै टोकियो युनिभर्सिटीकी प्रोफेसर (नेपाली कल्चरल डान्स स्पेशलिष्ट) युको ओकामोताले नेपाली नृत्य प्रस्तुत गरेकी थिइन् ।

Nepal Festival Gunma Japan

मेलाको उद्घाटन सत्रमा एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग र नेपाल च्याम्मर अफ कमर्शका जापान प्रमुख अधिवक्ता बलराम श्रेष्ठले नेपाल जापान सम्बन्ध र साँस्कृतिक सामिप्यताका विषयहरु, नेपालको पर्यटन प्रबद्र्धनमा जापानी समुदायले गर्न सक्ने सहयोग लगायतका विषयहरुमा आफ्ना भनाइ राखेका थिए ।

Nepal Festival Gunma Japan

ओईजुमीमाचीमा भएको फेस्टिवलमा नेपाली परिकारका स्टलहरु, नेपाली संस्कृती झल्कने नृत्य, नेपाली भेषभुषा झल्कने फेसन शो, पञ्चेबाजा, नेपाली परम्परागत गोलघर, परम्परागत ढिक्की, नेपालका पर्यटकिय स्थलहरु सम्बन्धि जानकारी दिने सूचनाकेन्द्र आदी मेलाका मुख्य आकर्षणको रुपमा रहेका थिए ।

Nepal Festival Gunma Japan

सेप्टेम्बर २८ र २९ गरी दुई दिन भएको फेस्टिवलमा जापानमै बस्दै आएका चर्चित लोकदोहोरी गायक सुर्य खड्का, आशा कल्चरल एकेडेमी म्युजिक ब्याण्डका कलाकार, देउराली पञ्चेबाजा टोकियो, लाफा ब्याण्ड र गुन्मा डान्स ग्रुपको प्रस्तुतीले दर्शकहरुलाई राम्रै मनोरञ्जन प्रदान गरेको थियो । मेलामा शेर्पा, तामाङ, गुरुङ र नेवारी लगायतका नृत्यहरु पनि प्रस्तुत गरिएको थियो ।

Nepal Festival Gunma Japan

फेस्टिवलमा खासगरी नेपालको परम्परागत गोलघर मुख्य आकर्षणको केन्द्र बनेको थियो । मेलामा सहभागी जोकोही पनि गोलघर अगाडी बसेर फोटो खिचाउन लालायीत देखिन्थे । त्यसैगरी नेपालको पर्यटकीय स्थल र नेपाली कला, संस्कृति सम्बन्धि जानकारी लिने जापानी नागरिकहरुको पनि राम्रै उपस्थिती रहेको थियो ।

Nepal Festival Gunma Japan

मेलालाई गुन्माकेन लगायत जापानका बिभिन्न स्थानमा व्यवसाय गर्दै आएका नेपालीहरुले आर्थीक प्रायोजन गरी सहयोग गरेका थिए । मेलालाई प्रोफिट सर्भिसले मुख्य प्रायोजन गरेको थियो भने जापानमा नेपालीहरुले चलाएको पहिलो हाकेन कम्पनी एसएमएस कर्पोरेसन, तोचिगीमा रहेको लाफा स्पोर्टस बार एण्ड ग्रिल, गुन्माको सुनिता किचन एण्ड बार लगायतले पनि प्रायोजन सहयोग गरेका थिए । मेलाअवधीभर एसएमएस हाकेनले मेलामा सहभागीहरुलाई निशुल्क रुपमा खानेपानी उपलब्ध गराएको थियो ।

Nepal Festival Gunma Japan
नेपालीहरुद्वारा सञ्चालित पहिलो हाकेन कम्पनीका सञ्चालकहरु (दायाँतर्फबाट तीन जना) मेलामा आफ्नो व्यवसायबारे जानकारी दिन राखिएको स्टलमा

त्यसै गरी युनि मनि ट्रान्सफर, लालिगुराँस ईन्डियन एण्ड नेपाली रेष्टुरेन्ट, एशियन नेट तथा ओके रेमिट, साईतामास्थित पाथिभरा ईन्डियन तथा नेपाली रेष्टुरेन्ट लगायत जापानका बिभिन्न व्यवासायीक संस्थाले मेलालाई आर्थीक सहयोग गरेका थिए । मेलामा गुन्माकेन र आसपासका तोचिगीकेन, साईतामा, टोक्यो लगायतका नेपालीहरु र स्थानिय जापानी नागरिकहरुको सहभागीता रहेको थियो ।

Nepal Festival Gunma Japan

प्रायोजन गरी मेलालाई सफल बनाउन सहयोग गर्ने सबैलाई मेला आयोजक समितिका उप–संयोजक सञ्जय गुरुङ र शेखरमान डंगोलले धन्यवाद व्यक्त गरेका छन् । गुन्माकेनमा पहिलो पटक भएको नेपाल फेस्टिवललाई समापन गर्दै नेपाली साझा समाजका अध्यक्ष बुद्धि शेरचनले मेलालाई सफल बनाउन प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

Nepal Festival Gunma Japan
नेपालका पर्यटकिय स्थलहरुबारे जानकारी लिँदै जापानी नागरिकहरु
Nepal Festival Gunma Japan
Nepal Festival Gunma Japan
मेलामा प्रदर्शन गरिएको नेपालमा लोप हुन लागेको नेपाली परम्परागत गोलघर
Nepal Festival Gunma Japan
नेपाल भ्रमण बर्षलाई लक्षित गरी राखिएको सुचना केन्द्र
Nepal Festival Gunma Japan
Nepal Festival Gunma Japan
आफ्नो गित प्रस्तुत गर्दै लोकदोहोरी गायक सुर्य खड्का
Nepal Festival Gunma Japan
मेलामा सहभागीहरुलाई आफ्नो सेवाबारे जानकारी दिँदै सिटी एक्सप्रेस मनी ट्रान्सफरबारे जानकारी दिँदै रेमिटका कर्मचारी

फेसबुकबाट कमेन्ट गर्नुहोस्