राष्ट्रपती सीको भ्रमण ऐतिहासिक हुनेछः चिन
चीनले राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको परिणाम ऐतिहासिक हुने बताएको छ, जसमा ट्रान्स हिमालय कनेक्टिभिटी नेटवर्कको नयाँ खाका समेत रहेको छ । राष्ट्रपति सी २५ गते शनिबार नेपाल आउनेछन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई दिन अनौपचारिक छलफल गरेर उनी भारतबाट नेपाल आउने छन् । राष्ट्रपति तहमा यो चीनबाट २३ वर्षपछि पहिलो पटक हुन लागेको नेपाल भ्रमण हो ।
भ्रमणअघि चीनका उपविदेशमन्त्री लुओ झाओहुईले बेइजिङमा भनेका छन–‘यो ऐतिहासिक भ्रमण हो । यो भ्रमणको महत्व र प्रभाव पनि ऐतिहासिक नै हुनेछ ।’ बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तरगत ट्रान्स हिमालय केनेन्टिभिटी प्रोजेक्टहरु छन् ।

उपमन्त्री लुओका अनुसार सीको भ्रमणले नेपाल चीन द्वीपक्षीय सम्बन्धको राजनीतिक आधार अझ मजबुत बनाउनेछ भने बीआरआई अन्तरगतका विकास आयोजनाहरुको खाका पनि बन्नेछ ।
दुबै पक्षले बीआरआर सहकार्यलाई मजबुत बनाउने र ट्रान्स हिमालय बहुआयामिक कनेक्टिभिटी नेटवर्कलाई गति दिने समेत उपमन्त्री लुओले बताएका छन् । सीको भ्रमणका क्रममा बन्दरगाह, रेल र सडक सञ्जालबारे महत्वपूर्ण सहमति जुट्ने विश्वास लिइएको समेत चिनियाँ उपमन्त्रीले बताएका छन् ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्