सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आईतबार विदा, ३ घण्टा सवारी बन्द, सुरक्षामा सेना

नेपाल भ्रमणमा आउँदै गरेका चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो ।

मन्त्रिपरिषद् बैठकले गृहको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक छुट्टी दिने निर्णय गरेको एक मन्त्रीले बताएका छन् । सरकारले विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रधानमन्त्री आउँदा सम्मानस्वरूप सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा पनि सरकारले सार्वजनिक बिदा दिएको थियो ।

चिनियाँ राष्ट्रपति सी शनिबार राजकीय भ्रमणका लागि नेपाल आउँदैछन् । भ्रमणलाई सफल पार्न सरकारले तयारी तीव्र पारेको छ । दुईदिने भ्रमणको दौरानमा विभिन्न सम्झौता हुने अनुमान गरिएको छ ।

Xi Jinping with wife Peng Liyuan

शनिबारदेखि हुने चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई लिएर सुरक्षा निगरानी पनि बढाइएको छ । सी भ्रमणका बेला हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मजबुत बनाइएको हो । उनको भ्रमणलाई लिएर नेपाली सेना समेत परिचालन गरिएको छ ।

दुई दिने नेपाल भ्रमणमा रहने राष्ट्रपति सीलाई उच्च सु रक्षासहित सोल्टी होटलमा राखिने छ । सी नेपाल उत्रनासाथ सोल्टी होटेल पुगेर सिधै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न सितलनिवास पुग्ने कार्यक्रम छ । यो समयमा करिव ३ घण्टा सवारी आवागमन ठप्प हुने स्रोतले जनाएको छ ।

दुई दिने नेपाल भ्रमणका लागि चिनियाँ राष्ट्रपति शनिबार नेपाल आउँदैछन् । चिनियाँ राष्ट्रपतिको भ्रमण तय भएपछि पराष्ट्र मन्त्रालय तीव्र तयारीमा जुटेको छ । बुधबार मात्रै परराष्ट्र मन्त्रालयले भ्रमण तालिका सार्वजनिक गरेको थियो ।

दुई दिने नेपाल भ्रमणका क्रममा सीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोही क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुनेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्