सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो
सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । दुर्घटनामा परी ४० भन्दा बढी घाइते छन् । सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा शुक्रबार बिहान ९ः५५ बजे दूर्घटनामा परेको थियो ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनालाई उपचारका लागि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ । उपचारका क्रममा थप ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुने र घाइतेको पहिचान खुलिसकेको छैन । बसमा दशैं मनाएर काठमाडौं फर्कंदै गरेका यात्रु थिए । प्रहरीका अनुसार ग्रामिण सडकमा रहेको घुम्तीबाट बस सडकबाहिर अन्दाजी ६० मिटर तल खसेको थियो । दूर्घटनाको कारणबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्