सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

चलचित्र निर्माता केशव भट्टराईको निधन

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको अकस्मात निधन भएको छ । एउटा बैबाहिक कार्यक्रममा सहभागी भएर फर्कँदै गर्दा भट्टराइको आइतबार राति १० बजेर २० मिनेटमा निधन भएको हो । भट्टराईको हृदयघातका कारण मृत्यु भएको बताइएको छ ।

विवाह कार्यक्रमबाट फर्कँदै गर्दा स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि भट्टराईलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो । तर अस्पताल नपुर्याउँदै उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

keshab-bhattrai

निर्माता तथा कलाकारसमेत रहेका भट्टराइले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गरेका थिए । उनले निर्माण गरेका थुप्रै चलचित्रले बक्स अफिसमा राम्रो व्यापारसमेत गरेका छन् । करिब एक वर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भट्टराइले केही राम्रा कामको सुरुवातसमेत गरेका थिए ।

भट्टराई तीसको दशकभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय थिए । उनले बनाएका चलचित्रमा ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल’ लगायत छन् । उनले दर्जनौं चलचित्रमा अभिनयसमेत गरेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्