ऋणको तनावका बिच रामकृष्ण ढकालको डिभोर्स
चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाह ढकालबीच सम्बन्धविच्छेद भएको छ । बुधबार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्धविच्छेद भएको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले बताएका छन् ।
श्रेष्तेदार श्रेष्ठका अनुसार न्यायाधीश विदुर कोइरालाको इजलासले मुद्दा टुंग्याएको हो । सम्बन्धविच्छेदका लागि निलम शाहले मंगलबार निवेदन दिएकी थिइन् । उनीहरूबीच सम्बन्धविच्छेद भएपछि छोरी भने आमासँगै बस्ने भएकी छिन् ।
शाहले ढकालबाट कुनै पनि अंश वा सेवा सुविधा नलिने भएकी छिन् । तर, छोरीको लालन–पालनमा भने उनीहरूको बराबरी हक लाग्ने आदेश भएको श्रेष्ठले बताएका छन् । ढकाल र शाहबीच प्रेम विवाह भएको थियो । लालिगुराँस सहकारीसँगको ऋणसम्बन्धि मुद्दाका कारण ढकाल दम्पति केही समयदेखि तनावमा थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्