कोरोनाका कारण साढे ४ करोडले ज्यान गुमाउने
चिनको वुहानबाट फैलिएको कोरोना भाईरसको आतंक सारा विश्वभरी फैलिएको छ । कोरोना भाइरसको रोकथाम विधि असफल भएमा विश्वभरका साढे चार करोड मानिसको मृ*त्यु हुने हङकङको पब्लिक हेल्थ मेडिसिनका प्रोफेर गेब्रियल लेउले बताएका छन् ।
कोरोनाको मृ*त्युदर घटेर १ प्रतिशतमा झर्दा पनि यति ठूलो मानवीय क्षति हुने उनको आँकलन छ । विश्वव्यापी जनसङ्ख्या अहिले करिब ७ अर्ब भन्दा माथि छ । यसको मतलब कोरोनाको संक्रमण नरोकिने हो भने एक प्रतिशतको मृ*त्युदरले पनि साढे ४ करोड मानिसको मृ*त्यु हुन्छ ।
यद्यपि, चीनमा प्रत्येक दिन रिपोर्ट गरिएका नयाँ घटनाहरूको संख्या विगतको भन्दा घट्दो छ । तर रोकथामको उपाय प्रभावकारी नहुँदा अझै मानिसहरु म*र्न सक्ने खतरा भने टरेको छैन् ।
विशेषज्ञहरुले विस्तारै कोरोना संक्रमण घट्ने भए पनि यसलाई कम आक्न नहुने बताएका छन् । कोरोना संक्रमितहरु आज भन्दा भोली म*र्नेहरुको सख्ंया दिनदिनै बढिरहेको छ । रोकथामका प्रयास भएपनि पुर्ण रुपमा रोक्न अँझै पनि औषधी पत्ता लागिसकेको छैन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्