सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा कोरोना सं*क्रमित २४८ पुगे, १ को मृ*त्यु

चीनबाट सुरु भएर विश्वभर फैलिएको कोरोना भाईरसका कारण जापानमा एक जनाको नि*धन भएको जापानको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । जापानी सञ्चार माध्यममा प्रकासित समाचार अनुसार कोरोना भाईरस संक्रमित ८० बर्षिया महिलाको नि*धन भएको हो ।

कोरोना भाईरसका कारण मानिसको मृ*त्यु भएको जापानमा यो पहिलो घटना हो । कोरोना भाईरसको सं*क्रमण पछिल्लो समय जापानमा पनि दिनानुदिन बढिरहेको छ । बिहिबार मात्रै टोक्योमा ट्याक्सी चालकलाई पनि कोरोना सं*क्रमण भएको पुष्टि भएको छ । उनले हानेदा एयरपोर्टबाट चिनियाँ यात्रुलाई टोक्यो पुर्याएका थिए ।

Corona Virus

पछिल्लो समय जापानमा मात्रै कोरोना सं*क्रमितको संख्या २४८ पुगेको पुष्टि भईसकेको छ । पछिल्लो जानकारी अनुसार जापानको योकोहामा पोर्टमा क्वारेन्टाईन गरेर राखिएको डाइमण्ड प्रिन्सेस नामको पानि जहाजका थप ४४ जनामा कोरोना भा*ईरसको सं*क्रमण देखिएको छ । यो संख्या संगै उक्त जहाजमा कोरोना सं*क्रमित हुनेको संख्या २१८ पुगेको छ ।

जापानी अधिकारीहरुले बताए अुनसार पछिल्लो समय कोरोना सं*क्रमण देखिएका उक्त पानिजहाजमा सवार ४४ जना मध्ये २९ जना जापानी र १५ जना विदेशी नागरिक रहेका छन् । सं*क्रमित ४४ जनामध्ये १ जना पानिजहाजका चालक दलका सदस्य रहेको बताइएको छ । सं*क्रमित भएका ४४ जनामध्ये ४० जना ७० बर्ष भन्दा माथीका भएको बताइएको छ ।

जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार योकोहामामा रोकेर राखिएको पानिजहाजमा भेटिएका कोरोना सं*क्रमितहरुमध्ये ८ जनाको अवस्था गम्भिर रहेको छ । पानि जहाजमा सवार ७१३ जनामा कोरोनाको परिक्षण गरिएको र परिक्षण गरिएका मध्ये २१८ जनामा सं*क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्