सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

के कोरोना भाइरस अमेरिकाले फैलाएको हो त ?

अरबका दर्जनौँ मिडिया रिपोर्टका अनुसार अमेरिका र इजरायले चीन विरुद्धको आर्थिक र मनोवैज्ञानिक लडाईको रूपमा घातक कोरोनाभाइरसको निर्माण गरेको र फैलाएको आरोप लगाएका छन् ।

साउदी दैनिक समाचार पत्र अल–वटानको एउटा रिपोर्टमा यो दावी गरिएको छ कि अमेरिका र इजरायलबाट कोरोनाभाइरसको विकास गरिएको हो, यो कुनै संयोगको कुरा होइन । तर, अमेरिकामा पनि कोरोना भाइरसका संक्रमितहरु बढी रहेको खबर बाहिर आएको छ ।

रिपोर्टमा भनिएको छ, ‘यस्तो खतरनाक भाइरसको विकास चीनमा मात्रै किन भयो ? यस्ता भाइरस अमेरिका र इजरायल जस्ता देशमा किन भेटिएनन् । पहिला पनि उनीहरुले इजिप्टमा त्यस्ता भाइरसको विकास गरेका थिए । गरिब देश जुनमा उनीहरुको केही सम्बन्ध नै छैन त्यस्ता देशमा यस्ता भाइरसको विकास गरेर उनीहरुलाई फाइदा पनि छैन ।’

Corona Virus

ती रिपोर्टहरुले अमेरिका र इजरायललाई आरोप लगाउँदै भनेका छन, ‘चीन र अरब देशहरुमा यो षड्यन्त्र आजको होइन । पहिला पनि गरिएका थिए । तर, यसबारे कमैको चासो जानुले उनीहरु थप बलवान बन्ने मौका पाए ।’

रिपोर्टमा भनिएको छ, ‘जब इजिप्टले पोल्ट्रिफर्मका लागि आफु सक्षम रहेको र अन्यन्त्रबाट ल्याउन नपर्ने घोषणा गर्यो । केही समय पश्चात नै उक्त देशमा भाइरस देखियो । ‘एभियन फ्लु’का कारण इजिप्टको पोल्ट्री फर्म चरम संकटमा पुगेको थियो । इजिप्टले अमेरिका र फ्रान्सबाट ठुलो संख्यामा कुखुरा आयात गर्दै आइरहेको थियो । जब उ आफै सक्षम भयो तब उसको देशमा ‘फ्लु’को समस्या देखियो ।’

रिपोर्टमा अगाडि भनिएको छ, ‘सन् २००३ मा जब चीनले आफुसँग ठुलो पुँजी सञ्चित घोषणा गरेको थियो र विश्व अर्थतन्त्रमा प्रभाव राख्न सफल हुँदै थियो त्यसै वर्ष सार्स नामक भाइरसले चीनलाई ठुलो नोक्सानी पुर्यायो । चीनको द्रुत विकासलाई उक्त भाइरसको विकास गरी रोक्न खोजियो । चीनलाई कमजोर बनाउन खोजियो ।’

सिरियाबाट प्रकाशित हुने अल–थरा दैनिकले लेखेको छ–‘कोरोना भाईरस अमेरिका–चीन युद्धको एउटा भाग हो । यसले निम्त्याउने विनाश भयानक छ ।’ ‘इबोला, जिका, सार्स, एभियन लगायत अन्य भाइरसहरु यो सबै अमेरिकाले विकास गरेको भाइरसहरु हुन् । पछिल्लो समय विश्वलाई आफ्नो नियन्त्रणमा बनाउन वा धम्की दिन यस्ता भाइरसको विकास भइराखेको छ ।’

एक इजिप्ट न्युज साइट भेटोगेटले एउटा सिद्धान्तका आधारमा भनेको छ, ‘चीनको वुहानलाई केन्द्र बनाएर किन कोरोना भाइरस फैलियो ।’ रिपोर्टमा भनिएको छ,–‘अमेरिकन उद्योगहरु यस्ता भाइरस निर्माण गर्न जहिले अग्रसर छन् । भिरुलेन्ट स्मलपक्स देखि बुबोनिक प्लेग भाइरसहरु पछिल्लो समय विश्वले देखिसकेको छ ।’

उक्त साइटले भनेको छ–‘वुहान एक औद्योगिक शहर हो । तर, अन्य शहरभन्दा यो शहर चीन सरकारको त्यति महत्वमा परेको छैन । यो क्षेत्रमा अप*राधका घ*टना घटाउन र रच्न विदेशीहरुलाई सहज हुने गरेको छ ।’

रिपोर्टमा भनिएको छ–‘गुञ्जाओ, बेइजिङ, टियानजिङ, हङकङ चीनका प्रमुख शहर हुन् । अन्य प्रमुख शहरमा आफ्नो प्रभाव नपर्ने भएका कारण उनीहरुले वुहान रोजेका हुन् ।’

चीनमा फैलिएको यो महामारीका कारण उपचार र औषधीमा ठुलो खर्च हुने र ती औषधीहरु इजरायलमा म्यानुफ्याकचरिङ हुने रिपोर्टमा उल्लेख छ । यो समाचार तयार पार्दासम्म चीनमा कोरोना भाइरसका कारण १६०० भन्दा बढीको नि*धन भइसकेको छ भने ४४ हजार बढी सं*क्रमित भएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्