सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा कोरोना संक्रमितको संख्या ३२६ पुग्यो

जापानमा शनिबार थप ७५ जनामा कोरोना भाइरस देखिएपछी कोरोना संक्रमितको संख्या ३२६ पुगेको छ । शनिबार राजधानी टोक्योका बिभिन्न स्थानमा बिरामी भई परिक्षण गराउन पुगेका ८ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

त्यस्तै योकोहामामा रोकिराखेको पानिजहाजमा सवार थप ६७ जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ । जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थप ६७ जनासहित योकोहामामा रोकिराखेको पानिजहाजमा संक्रमित हुनेको संख्या २८५ जना पुगेको छ ।

चीनबाट सुरु भएर विश्वभर फैलिएको कोरोना भाईरसका कारण जापानमा एक ८० बर्षिया महिलाको निधन भइसकेको छ । कोरोना भाईरसको संक्रमण पछिल्लो समय जापानमा पनि दिनानुदिन बढिरहेको छ ।

Corona Virus in Japan

योकोहामामा रोकिराखेको पानिजहाजमा २८५ र जापानमा अन्य शहरहरुमा गरी संक्रमितको संख्या शनिबारसम्म ३२६ पुगेको छ । खासगरी जापानको टोकियो, खानागावा, वाकायामा, आईची र ओकिनावामा कोरोनाको संक्रमण देखिएको छ । कोरोना भाइरसबाट संक्रमितहरु प्राय बृद्धबृद्धा बढी रहेको जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार योकोहामामा रोकेर राखिएको पानिजहाजमा भेटिएका कोरोना संक्रमितहरुमध्ये ८ जनाको अवस्था गम्भिर रहेको छ । पानि जहाजमा सवार ७१३ जनामा कोरोनाको परिक्षण गरिएको र परिक्षण गरिएका मध्ये २८५ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्