इटलीमा कोरोनाका कारण एकैदिन ४१ को मृत्यु
कोरोनाभाइरसको संक्रमणबाट इटालीमा पछिल्लो समय बिहीबार मात्रै थप ४१ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा यसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४८ पुगेको छ । यो कोरोनाभाइरसको सर्वाधिक चपेटामा परेको चीनबाहिर भएको सबैभन्दा ठूलो क्षति हो ।
संसारभर हालसम्म ३ हजार जनाको कोरोनाभाइरसको संक्रमणबाट ज्यान गइसकेको छ भने ९५ हजार मामिलाहरू दर्ता भएक छन् । इटालीका सम्पूर्ण २२ क्षेत्रमा यसको संक्रमण फैलिएको पुष्टि भएको छ ।
संक्रमणसँग जुध्न रोमले ८.४ विलियन अमेरिकी डलरको उद्धार योजना अघि सारेको छ । उसले देशभरका स्कूल कलेजसमेत बन्द गरेको छ । यसैगरी बेलायतमा पनि भाइरसको संक्रमणबाट भएको मृत्युको पहिलो घटना सार्वजनिक भएको अलजजिराले जनाएको छ ।
अलजजिराका अनुसार बेलायतमा बिहीबार एक जनाको मृत्यु भएको हो । यस्तै बोस्निया हर्जगोभिना, स्लोभानिया र दक्षिण अफ्रिकामा पनि यसका संक्रमित भेटिएको पुष्टि भएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्