सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा कोरोनाका कारण ४० को मृत्यु, १६६८ संक्रमित

जापानमा यो समाचार तयार पार्दासम्म कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ । जापान सञ्चार माध्यमहरुले प्रकासित गरेको समाचार अनुसार ज्यान गुमाउने मध्ये ७ जना योकोहामा पोर्टमा रोकिएको डाइमण्ड प्रिन्सेस पानी जहाजका संक्रमित यात्रु हुन भने ३३ जना जापानभित्रका संक्रमित हुन् ।

जापानमा शुक्रबार बिहानसम्म कोरोना संक्रमितको संख्या १६६८ पुगेको छ । समाचारमा उल्लेख गरिए अनुसार संक्रमित मध्ये ७१२ जना डाइमण्ड प्रिन्सेस पानी जहाजका यात्रु हुन भने ९५६ जना भने जापानभित्र बिभिन्न क्षेत्रमा भेटिएका संक्रमित हुन् ।

जापानको स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित मध्ये १६१ जनालाई सञ्चो भईसकेको छ भने ४६ जनाको अवस्था गम्भिर रहेको छ । कोरोना भाईरसको संक्रमण दरका हिसावले जापानको होक्काईदो क्षेत्र सबैभन्दा धेरै प्रभावित भएको छ भने मृत्यु हुने संख्या हेर्ने हो भने आइची क्षत्र सबैभन्दा बढी प्रभावित छ ।

Corona Reports

होक्काईदोमा कोरोनाका कारण ६ जनाको ज्यान गइसकेको छ भने १५९ जना संक्रमित अवस्थामा छन् । यता आईची क्षेत्रमा भने ज्यान गुमाउनेको संख्या १५ पुगेको छ भने संक्रमित संख्या १३२ रहेको छ । राजधानी टोक्योमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ जना रहेको छ भने संक्रमित संख्या ११८ रहेको छ ।

उता ओशाकामा संक्रमित संख्या ११९ रहेको छ भने मृत्यु हुनेको संख्या १ रहेको छ । त्यस्तै ह्योगोमा संक्रमित ९३ र मृत्यु हुने ३, खानागावामा संक्रमित ७२ र मृत्यु हुने ४, चिवामा ४० संक्रमित, साइतामामा ४० संक्रमित, निगातामा २४ संक्रमित, क्योटोमा १९ संक्रमित, वाकायामामा १६ संक्रमित र १ को मृत्यु, गन्माकेनमा १० संक्रमित, मिएमा १० संक्रमित रहेको बताइएको छ ।

त्यस्तै नारामा ८ जना संक्रमित, इशिकावामा ७ संक्रमित, कुमामोतोमा ७ संक्रमित, नागानोमा ४ संक्रमित, सिगामा ४ संक्रमित, एहिमेमा ३ संक्रमित, गिफुमा ३ संक्रमित, इवाराकीमा ३ संक्रमित, ओइतामा ३ संक्रमित, मियाजाकीमा ३ संक्रमित, ओकिनावामा ३ संक्रमित भएको पुष्टि भएको छ ।

त्यस्तै ताचिगीमा ३ संक्रमित, यामागुचीमा ३ संक्रमित, फुकुशिमामा २ संक्रमित, शिजुओमा २ संक्रमित, यामानासीमा २ संक्रमित, फुकुईमा १ जना संक्रमित, हिरोसिमामा १ जना संक्रमित, खागावामा १ जना संक्रमित, मियागीमा १ जना संक्रमित, नागासाकीमा १ जना संक्रमित, सागामा १ जना संक्रमित, तोकुसिमामा १ जना संक्रमित र थाहा नभएका १३ जना संक्रमित भएको पुष्टि भएको छ ।

कोरोना –कोभिड–१९) कारण उद्गमस्थल चिनमा ८११५५ जना संक्रमित भएको पुष्टि भएको छ भने ३ हजार २ सय ४९ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै प्रभावित इटलीमा संक्रमित संख्या ४१०३५ पुगेको छ भने ज्यान गुमाउनेको संख्या ३ हजार ४ सय ५ पुगेको छ ।

पछिल्लो समय नेपालको छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछी नेपाल पनि उच्च जोखिममा परेको छ । भारतमा कोरोनाका कारण यो समाचार तयार पार्दासम्म ४ जनाको ज्यान गईसकेको छ भने यता नेपालमा संक्रमितहरु खासै देखिएका छैनन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्