दुई हप्ताका लागी देशभभरका सबै अदालत बन्द
विश्वभर कोरोना संक्रमणको भयावह अवस्था सिर्जना भएपछी नेपाल ढिलै भए पनि यसतर्फ सचेत हुन थालेको छ । स्कुल, कलेज र विश्वविद्यालयहरु बन्द भएका छन् भने सार्बजनिक जमघटमा प्रतिबन्ध लगाइएको छ । कोरोनाकै जोखिमलाई मध्यनजर गर्दै देशभरका अदालतहरु पनि आइतबारदेखि दुई साता बन्द हुने भएका छन् ।
शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षतामा बसेको पूर्ण इजलासको बैठकले अदालतहरु आगामी चैत २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।

बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने कारवाही रोकिने छैन । बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य नियमित मुद्दाहरुको सुनवाई दुई साता रोकिने सर्वोच्च अदालत स्रोतले जनाएको छ ।
सरकारले कोरोना विरुद्धको लडाइँमा आफ्नो सबै शक्ति केन्द्रित गरेका बेला संसदसमेत स्थगित भइसकेकाले न्यायपालिकाले पनि जोखिम मोल्न नचाहेको हो । यसअघि नै नेपाल बार एशोसियसनले सम्पूर्ण सुनुवाई स्थगित गर्न सर्वोच्चलाई आग्रह गरेको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्