सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पसुपतिमा आरती बन्द, २५ भन्दा बढी मलामी रोक

कोेरोनाले विश्वव्यापि रुपमा महामारीको रुप लिइरहेको बेला नेपालले पनि यसबाट बच्न बिभिन्न उपाय अपनाएको छ । सोही बिषयलाई मध्येनजर गर्दै कोरोनाको संक्रमण नफैलियोस् भनेर पशुपति क्षेत्र विकास कोषले आर्यघाटमा २५ भन्दा बढी मलामी नआउन सूचना जारी गरेको छ ।

कोषका अध्यक्ष प्रदीप ढकालका अनुसार सरकारले कोरोनाको संक्रमण फैलिन नदिनका लागि सार्वजनिक स्थानमा २५ भन्दा बढी मानिस जम्मा नहुन गरेको सूचनाकै आधारमा मलामी संख्या पनि निर्धारण गरिएको हो ।

अध्यक्ष ढकालले भने–‘मलामीको संख्या २५ भन्दा बढी नल्याउन निर्देशन जारी गरिसकेका छौं । पहिलै बुक भइसकेका धेरै मानिस जम्मा हुने ठूला पूजाआजा कर्मकाण्डहरूसमेत स्थगन गर्न सम्बन्धित पक्षलाई सूचना पठाइसकेका छौं ।’

pasupatinath mandir

पशुपति आर्यघाटको पारीपट्टि हुने आरतीसमेत बन्द गर्न भनेको उनले बताए । पशुपतिमा हरेक साँझ आरती हुने गर्छ । जहाँ सयौं मानिस आरती सुन्न आउँछन् । पशुपतिमा हुने पूजाआजा र नगरी नहुने आरती भने नरोकिने उनले बताए ।

यी निर्देशन पालना गराउन कोषले कोषाध्याक्ष मिलन कुमार थापाको अध्यक्षतामा अनुगमन समिति पनि गठन गरेको छ । कोरोनाको जोखिमबाट बच्न र बचाउन पसुपति क्षेत्र विकास कोषको आग्रहलाई पालना गर्न अध्यक्ष ढकालले आग्रह गरेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्