चैत १० देखि लामो दुरिका यातायात सेवा बन्द
सरकारले कोरोना भाइरस (कोभिड १९) को संभावित संक्रमणबाट रोक्नका लागि चैत १० गतेदेखि लामो दूरीका सार्वजनिक यातायातमा रोक लगाएको छ । लामो दुरिका सवारी साधनलाई कहिलेसम्मलाई बन्द गर्ने भनेर समयसिमा भने तोकिएको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रका नाममा गरेको सम्बोधनमा केही अवधिका लागि लामो दूरीका सार्वजनिक यातायातमा रोक लगाइएको बताएका हुन् ।
प्रधानमन्त्रीले भने–‘आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ ।’
यातायात व्यवस्था विभागका अनुसार २ सय ५० किलोमिटरभन्दा टाढाको दूरीलाई ‘लामो दूरी’ मानिन्छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, ‘काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द हुन्न, २ सय ५० किलोमिटर भन्दा टाढालाई लामो दूरीलाई मानेका छौं ।’
यस्तै नेपाल भित्रिने सबै अन्तर्रा्ष्ट्रिय हवाई उडानहरु चैत ९ देखि १८ गतेसम्मको लागि स्थगित गरिएको प्रधानमन्त्री ओलीले सम्बोधनमा बताएका छन् । उनका अनुसार सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्