सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पेस्तोल र ग्रिनेडसहित विप्लवका कार्यकर्ता पक्राउ

प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द समूका रौतहट जिल्ला इन्जार्चसहित २ जनालाई पक्राउ गरेको छ । शुक्रबार राति इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरको टोलीले पेस्तोल, ग्रिनेड बम र अन्य दस्तावेजसहित दुई जनालाई पक्राउ गरेको हो ।

डीएसपी हेमबहादुर शाहीको नेतृत्वमा गएको टोलीले चन्द्रपुर–३, महादेवडाडा अल्लाजोरबाट चन्द्रपुर–५ थलहीटोल घर भएका चन्द समूहका रौतहट जिल्ला इन्चार्ज मानबहादु राई (कुमार) र बागलुङ ढोरपाटन नगरपालिका–२ बुर्तिवाङ का कमल गुरुङ (जगत) लाई पक्राउ गरेको हो ।

गुरुङ चन्द समूहको भ्रातृ संगठन नेपाल य्वा संघका जिल्ला अध्यक्ष हुन् । दुवैलाइ गोप्य सूचनाको आधारमा घेरा हालेर पक्राउ गरेको डीएसपी शाहीले जानकारी दिए । उनीहरुबाट ग्रिनेड बम, एक थान पेस्तोल, त्यसमा लाग्ने गोली, मोबाइल ७ थान, केही सिमकार्ड, पार्टीको दस्तावेज बरामद गरिएको डीएसपी शाहीले बताए ।

डिएसपी शाहीले भने–‘उनीहरु रौतहटका जनप्रतिनिधिलाई चन्दा मागेर हैरान पार्ने एनसेल टावरमा आगजनी गर्ने जस्ता काममा सक्रिय हुँदै आएका थिए । केही समयदेखि हामीले निगरानी र पिछा गर्दै आएका थियौं । उनीहरु मकवानपुरका सिमामा लुकेर बसेको सूचना पाएपछि घेरा हालेर नियन्त्रणमा लिन सफल भयौं ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्