सेनाले हेलिकप्टरबाट औषधी छर्कने हल्ला झुठो
‘कोरोनाको संक्रमण नहाोस भनेर सेनाले किटनाशक औषधि छर्किंदै’ भनेर सामाजिक सञ्जालमा फैलाइएको हल्लामा सत्यता नरहेको नेपाली सेनाले जनाएको छ ।
सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सो कुरामा कुनै सत्यता नभएको प्रष्ट पारेका हुन् । सामाजिक सञ्जालहरुमा ‘आज राति १२ बजेपछि सैन्य हेलिकप्टरले कोरोनाविरूद्ध औषधि आकाशबाट छर्कने’ भनी अफवाह फैलाइएको थियो ।
यस्ता हल्लाको पछि नलाग्न समेत सेनाले आग्रह गरेको छ । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गर्दै कोरोनाको बारेमा भ्रमपुर्ण खबर फैलाउनेहरुबिरुद्ध प्रहरी सक्रिय रुपमा लागिपरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्