विदेशबाट नेपाल फर्किएका ६२ जना क्वारेन्टाईनमा
सरकारले नेपाल प्रवेशमा लगाएको प्रतिबन्धलाई बेवास्ता गर्दै आफुखुशि त्रिभुवन विमानस्थलमार्फत नेपाल आएकाहरुलाई क्वारेन्टाईनमा राखिएको छ । विभिन्न देशबाट आएका ६२ जना नेपालीलाई भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइनमा लगिएको छ ।
जसमा ४ जना महिला र एक ७६ वर्षीया वृद्ध पनि रहेकी छन् । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले लगाएको अस्थायी प्रतिबन्धलाई उल्लंघन गर्दै उनीहरु आज नेपाल आएका हुन् ।
शनिबार जापान, मलेसिया लगायत मुलुकमा रहेका नेपालीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरका थिए । आफूखुसी नेपाल आएका उनीहरुले १४ दिन क्वारेन्टाइनमा बस्दा आफैले नै खर्च व्यहोर्नुपर्ने छ ।
बुधबार सरकारले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानका नागरिकलाई चैत ७ गतेदेखि वैशाख ३ गतेसम्मका लागि आगमनमा प्रतिबन्ध लगाएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्