सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कोरोना भाइरसले टोकियो ओलम्पिक सर्ने सम्भावना

विश्वरभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्व खेलकुद नै प्रभावित बनिरहेका बेला जापानमा हुने टोकियो ओलम्पिक २०२० सर्ने सम्भावना बढेको छ । अन्तर्रा्ष्ट्रिय ओलम्पिक कमिटी आईओसीले आगामी जुलाई र अगष्टमा हुने ओलम्पिकबारे के गर्ने भनेर आइतबार छलफल गरेको थियो ।

आईसीसीले पनि ओलम्पिक स्थगित हुनसक्ने ग्रिन सिग्नल दिएको छ । तर तत्कालै के गर्ने भन्ने निर्णय गरिसकेको छैन । आईओसी आफैंले टोकियो ओलम्पिकको भविष्य के हुने भन्ने निर्णय गर्न ४ हप्ताको डेडलाइन तय गरेको छ ।

टोकियो ओलम्पिक जुलाई २४ देखि अगष्ट ९ सम्म हुने तालिका छ । तर विश्वभर महामारीका रूपमा फलिएको कोभिड–१९ ले गर्दा सबै खेल गतिविधि प्रभावित भईरहेका छन् । ओलम्पिककै तयारी र क्वालिफायङ इभेन्टहरू समेत कोरोनाले प्रभावित बनेको अवस्थामा ओलम्पिक गर्ने नगर्ने भन्ने टुंगो लागिसकेको छैन ।

Tokyo Olympic

अहिले विश्वका विभिन्न देशका ओलम्पिक कमिटी खेलकुद संघहरूले पनि ओलम्पिक स्थगित गर्न माग गरिरहेका छन् । यसै सन्दर्भमा आइतबार आईओसीको कार्यकारी बोर्डको बैठक बसेको हो । जसले विश्वभर भयावह बन्दै गएको कोरोनाका कारण ओलम्पिक सार्ने विषयमा छलफल गरेको थियो ।

ओलम्पिक रद्द गर्नेबारे नसोचेको र स्थगित हुनसक्ने वा अर्को वर्ष गरिन सक्ने आईओसीका अध्यक्ष थोमस बाकले बताएका छन् । चार हप्तापछि ओलम्पिकबारे अन्तिम निर्णय हुने बाकले बताएका छन् ।

यस्तै, अवस्था रहिरहे आईओसीले टोकियो ओलम्पिकबारे निर्णय गर्न अर्को कदम चाल्नुपर्ने जनाएको छ । क्यानडाको ओलम्पिक कमिटीले पनि ओलम्पिक स्थगित गर्नुपर्ने प्रस्ताव राखेको छ । उसले यस्तो माग अघि सार्दै जुलाईमा आफ्नो खेलाडी नपठाउने जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्