सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

इटलीपछी कोरोनाको महामारी स्पेनमा डरलाग्दो

चीनपछि अब युरोप कोरोना भाइरस संक्रमणको केन्द्र बनेको छ । युरोपमा इटलीपछि स्पेनमा सबैभन्दा गम्भीर स्थिती निम्तिएको छ ।

स्पेनमा अहिलेसम्म २ हजार ३ सय ११ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ३५ हजार १ सय ३६ पुगेको छ । यहाँ एकैदिन ५ सय ३९ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये ३ हजार ३ सय ५५ निको भएर घर फर्किसकेको छन् । स्पेनका प्रधानमन्त्री पेड्रो सांचेजले यो महामारीसँग लड्नका लागि जे आवश्यक पर्छ त्यो सरकारले पूरा गर्ने बताएका छन् ।

Spain

उनले जनतालाई सचेत गराउँदै भने, ‘थप जटिल परिस्थित आउनै बाँकी छ ।’ स्पेनमा कोरोना भाइरससँग लड्नका लागि संकटकालको घोषणा गरिएको छ ।

१५ मार्चदेखि लागू गरिएको यो संकटकाललाई थप बढाउने योजना छ । स्पेनको राजधानी मेड्रिड यो महामारीको केन्द्र बनेको छ । प्रधानमन्त्रीले शहरमा बनेको पुरोना घरलाई सेनाले स्यानिटाइज गर्ने जानकारी दिएका छन् ।

इटलीमा खतरनाक स्थिती पैदा भएपछि अब स्पेन पनि बचाउका विभिन्न उपाय अपनाइरहेको छ । यसका लागि मानिसहरुलाई सार्वजनिक स्थानबाट टाढा रहन कडा कानून अपनाइँदैछ ।

बिरामीको संख्या हेरेर देशभरी इमर्जेन्सी अस्पताल बनाइँदै छन् । मानिसहरुलाई घरभित्रै बस्न अपिल गरिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्