सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

चितवनमा कोरोना आशंकित युवकको मृत्यु

भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका उच्च अधिकारीले जानकारी गराएका छन् ।

corona hospital chitwan

उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो । उनको शव अस्पतालमै राखिएको छ । उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो ।

उनलाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो । मृतक युवकको कोरोना परिक्षणको रिपोर्ट आउन बाँकी छ । फ्रान्सबाट काठमाण्डौ आएकी एक १९ बर्षिया युवती कोरोना देखिएपछी अहिले टेकु अस्पतालमा उपचारारत छिन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्