न्युज २४ एचडी टिभिका २ सहित ३ पत्रकारमा कोरोना
सहितकोरोना भाइरस संक्रमण सम्बन्धि समाचार संकलनका क्रममा सुरक्षा साबधानी नअपनाउदा पाकिस्तानमा न्यूज २४ एचडी टीभीका दुईजना सहित तीन जना पत्रकारलाई प्राणघातक कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
डेली टाइम्स अनलाइनका अनुसार, तीनैजना पत्रकारको नाम भने खुलाइएको छैन । अर्का पत्रकार अबतक टीभीका हुन् । उनीहरु पाकिस्तानको लाहोर र पूर्वी पञ्जाव प्रान्तमा कार्यरत थिए ।

यता, टीभी च्यानलका कार्यकारी निर्देशक मोहसिन नाकभीले भनेका छन्, ‘हामीले थप अरु पत्रकारहरुलाई अनुसन्धान गरिहरेका छौ । उनीहरुलाई पनि व्यक्तिगत रुपमा परीक्षण गरी क्वारेन्टाइनमा पठाइसकेका छौ । हामी यसबारेमा पुरै तयारीका साथ लागेका छौ ।’
यसका साथै उनले पत्रकारहरुको लागि आवश्यक स्वास्थ्य सुरक्षाका सामग्रीहरु अभाव रहेको बताएका छन् । यस्तै पाकिस्तान पत्रकार महासंघका अध्यक्ष सिद्धिकी अन्जरले भनेका छन्, ‘प्राय अधिकांश संवाददाताहरु अस्पतालबाट बिना सेफ्टी किड नै समाचारहरु सम्प्रेषण गरिहरेका छन् । हामीले सरकारसँग उनीहरुको उपचारको जिम्वारी लिन आग्रह गरेका छौ ।’
उनले पत्रकारहरु काम गर्न सानो शहरमा जानु पर्ने र काम गरेबापतको तलब नपाउने गरेको गुनासो गरेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्