कोरोनाका कारण ९५ हजार भन्दा बढीको मृत्यु
कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभर मृत्यु हुनेको संख्या यो समाचार तयार पार्दासम्म ९५ हजार ६ सय ६८ पुगेको छ । संक्रमित हुनेको संख्या १६ लाख ४ हजार ८१ पुगेको छ । संक्रमित मध्ये ३ लाख ५३ हजार १ सय ७७ जना निको भएका छन् । विश्वका २१४ ओटा देशमा कोरोना संक्रमण फैलिएको छ ।
मृत्यु हुनेमा सबैभन्दा धेरै इटलीका रहेका छन् । इटलीमा मृतकको संख्या १८ हजार २सय ७९ पुगेको छ । त्यहाँ संक्रमितको संख्या १ लाख ४३ हजार ६ सय २६ पुगेको छ । स्पेनमा मृतक संख्या १५ हजार ४ सय ४७ र संक्रमितको संख्या १ लाख ५३ हजार २ सय २२ पुगेको छ ।
संयुक्त राज्य अमेरिकामा मृतक संख्या १६ हजार ७ सय १९ पुगेको छ भने संक्रमितको संख्या ४ लाख ६९ हजार ५ सय ७५ पुगेको छ । निको भएर घर फर्कनेको संख्या २५ हजार ९ सय ७५ रहेको छ ।
फ्रान्समा मृतक संख्या १२ हजार २ सय १० पुगेको छ भने संक्रमितको संख्या १ लाख १७ हजार ४ सय ७९ पुगेको छ । फ्रान्समा हालसम्म २३ हजार २ सय ६ जना निको भएर घर फर्किसकेका छन् । फ्रान्सको अस्पतालमा उपचार गराईरहेका सात हजार भन्दा बढीको अवस्था गम्भीर रहेको बताइएको छ ।
बेलायतमा मृतकको संख्या ७ हजार ९ सय ७८ पुगेको छ । संक्रमित हुनेको संख्या ६५ हजार ७७ पुगेको छ । बेलायतमा कोरोना संक्रमित १ हजार ९ सय १८ जना उपचार पछी घर फर्किएका छन् ।
इरानमा मृतकको संख्या ४ हजार १ सय १० पुगेको छ । संक्रमित हुनेको संख्या ६६ हजार २ सय १० पुगेको छ । इरानमा कोरोना संक्रमित ३२ हजार ३ सय ९ जना उपचार पछी घर फर्किएका छन् ।
उता कोरोनाको उद्गमस्थल चीनमा मृतकको संख्या ३ हजार ३ सय ३६ पुगेको छ । संक्रमित हुनेको संख्या ८१ हजार ९ सय ७ पुगेको छ । चीनमा कोरोना संक्रमित ७७ हजार ४ सय ५५ जना उपचार पछी घर फर्किएका छन् ।
त्यसैगरी टर्की, चिन, क्यानडा, नेदरल्याण्ड, स्विजरल्याण्ड लगायतका देश पनि अति प्रभावित देशको सुचीमा रहेका छन् । कोरोनाले खासगरी युरोपियन र अमेरिकी क्षेत्रमा बढी असर गरेको छ । दक्षिण एसियाली देशमा असर तुलनात्मक रुपमा न्युन देखिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्