कोरोनाको त्रासका बिच ‘आईफोन एसई’ सार्बजनिक
एप्पलले बिहिबार धेरै प्रतिक्षित रहेको आफ्नो ‘आइफोन एसई’ आईफोन सार्वजनिक गरेको छ । यसमा आइफोन ११ मा प्रयोग गरिएको प्रोसेसर प्रयोग गरिएको छ ।
६४ जिबी, १२८ जिबी र २५६ जिबीमा उपलब्ध आइफोन एसईको मोडेल कालो, सेतो र रातो रंगमा उपलब्ध हुनेछ ।
यसमा ४.७ रेटिना एचडी डिस्प्ले भएको, टच आइडी भएको, एल्मुनियम र ग्लास डिजाइमा बनेको आइफोन एसई पानी र धुलो प्रतिरोधी छ ।
ब्याट्री क्षमता सम्बन्धी कुरा गर्दा यसमा फास्ट चार्जिङ र क्यूआइ सर्टिफाइड यसमा वायरलेस चार्जिङको सुविधा छ । १२ मेघापिक्सेल वाइड क्यामरामा इमेज प्रोसेसर र ए१३ बायोनिकको न्युरल इन्जिन प्रयोग भएको छ।
यसमा आइफोन ११ का जस्तै पोट्रेट मोड, लाइटिङ एफेक्ट र डेफ्त कन्ट्रोल जस्ता विशेषताहरु समेत छन् । उक्त आइफोनको मूल्य भारतमा ४२ हजार ५०० सय निर्धारण गरिएको छ ।
कम्पनीले बजारमा यो फोन कहिले उपलब्ध हुन्छ भन्ने बारेमा केही जानकारी दिएको छैन् । अमेरिकामा अप्रिल १७ बाट यसको प्रिअर्डर सुरु हुँदैछ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्