सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भारतीय नेपाल छिर्न थालेपछी नेपाली जागाराम

कपिलवस्तुमा भारतीय सीमावर्ती क्षेत्रका नागरिक रातभर जागाराम बस्ने गरेका छन । नेपाल भारत सीमाना नजिकै रहेका आधा दर्जन गाउँका बासिन्दा कोरोना संक्रमण नियन्त्रणका लागि रातभर अनिदो बस्ने गरेका हुन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल र भारत सरकारले सीमानाका पूर्ण रूपले बन्द गरे पनि सर्वसाधारण राति लुकेर नेपाल प्रवेश गर्ने गरेकाले सीमावर्ती गाउँका बासिन्दाले तिनमाथि निगरानी गर्न रातभर जागाराम बस्ने गरेका हुन् ।

गाउँपालिका अन्तर्गतका अधिकांश गाउँमा मानिस जाग्राम बस्ने गरेको स्थानीय अगुवा रफिक मुसलमानले जानकारी दिएका छन् । ठाकुरापुरा, गेडुवाजोत, मनोहरापुर, भगवानपुर, बाराहीपुर, गणेशपुर लगायत गाउँका युवाले पालैपालो रातभर पहरा गरिरहेको युवक रामप्रकट कोरीले बताए ।

सीमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिए पनि अधिकांश चोरनाकाबाट भारतीय नागरिकहरु नेपाल पस्ने गरेकाले राति बस्नु परेको कोरीले बताएका छन् । कपिलवस्तुको सीमाना भारतसँग ९३ किलोमिटर खुला भई कोरोना संक्रमित नेपाल सजिलोसँग प्रवेश गर्ने भएकाले अहिले सीमानामा सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ गरिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्