सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापान सरकारले दिने १ लाख विदेशीले पाउँछन् ?

कोरोना भाइरसको महामारी फैलिनबाट रोक्न अपनाएका संकटकाल घोषणा लगायतका उपायहरुका कारण सर्बसाधारणमा उत्पन्न आर्थिक कठिनाइ कम गर्न जापान सरकारले हरेकलाई १ लाख येन नगद दिँदैछ ।

धेरैलाई जापानमा रहेका विदेशीहरुले यो सहयोग रकम पाउँछन कि पाउँदैनन् भन्ने कौतुहलता लागेको हुनसक्छ । सरकारले भर्खरै जारी गरेको सुचना अनुसार जापानमा बसोबास गरिरहेका हरेक विदेशी नागरिकहरु यो योजनाका लागि योग्य मानिने छन् । तर यो सहयोग रकम प्राप्त गर्ने विदेशी नागरिक वसोवास अनुमति पाएको हुनुपर्नेछ ।

सामान्यतया आधारभुत आवास दर्तामा आधारित रहेर अर्थात जाइर्यु कार्ड प्राप्त गरी सम्बन्धित नगरपालिका (स्याकुस्यो)मा बसोवास गरिरहेको ठेगाना दर्ता गराएका हरेक विदेशी नागरिक जापान सरकारले दिने एक लाख येन अनुदान सहयोग पाउन योग्य हुनेछन् । भिजिट भिसा वा टुरिष्ट भिसामा जापान आएकाहरुको हकमा भने अनुदान रकम पाइने छैन ।

धेरैलाई उसोभए यो अनुदान कसरी प्राप्त गर्ने त भन्ने कौतुहुलता लाग्नसक्छ । जापान सरकारले प्रदान गर्ने अनुदान सहयोग प्राप्त गर्न सबैभन्दा पहिले तपाई बस्ने गरेको सम्बन्धित स्थानिय नगरपालिका (स्याकुस्यो)ले तपाईको ठेगानामा आवेदन पठाउनेछ । छलकपट र ठगी नहोस् भनेर आवेदनमा घरमुलिको नाम पहिले नै लेखिएको हुन्छ । अनुदान लिनका लागी फाराममा उल्लेख गरिएको बैंक खाता लगायतको विवरण भर्नुपर्नेछ ।

Japanese Cash

मानिसहरुको भेटघाट रोक्न अनुदानको पैसा गाउँ÷नगर कार्यालयमा गएर लिन नपाइने व्यवस्था गरिएको छ । बैंक खाता नभएका व्यक्तिहरुको सवालमा स्थानिय सरकारको कार्यालयबाट अनुदान लिन सकिने व्यवस्था मिलाउने विषयमा विचार गर्न सकिने सरकारले बताएको छ । तर निर्णय भइसकेको छैन ।

यदि तपाईसंग माई नम्बर कार्ड छ र तपाइको पहिचान डिजिटल रुपमा पुष्टि हुन सक्छ भने तपाइले वेभसाइटमा गएर अनुदानका लागी अनलाइन आवेदन दिन पनि सक्नुहुनेछ । सरकारले वेभसाइट भने उपलब्ध गराईसकेको छैन ।

१ लाख येन अनुदान पाउने भनिसकेपछी धेरैलाई कहिले देखी पाईन्छ त भन्ने पनि जिज्ञाशा हुनसक्छ । अनुदान कहिलेदेखी उपलब्ध गराउने भन्ने त अहिले नै मिति तय भएको छैन । तर उपप्रधानमन्त्री तथा अर्थमन्त्री आसोले अप्रिल १७ मा आयोजित पत्रकार सम्मेलनमा सरकारले मेबाट नगद लाभ सर्वसाधारणलाई पठाउन थालोस भन्ने आफुले चाहेको बताएका थिएन ।

यसअघि निश्चित आएका घटेका परिवारलाई ३ लाख येन दिने भनिएको थियो तर अन्तिम समयमा १ लाख अनुदान दिने प्रस्ताव समावेश भएपछी सरकारले बजेट पुर्नलेखन गरेको थियो । यस हिसाबले हेर्दाखेरी पुरक बजेट पारित गर्न समय लाग्ने भएकाले मे महिनामै सरकारले अनुदान भुक्तानि दिन सक्छ या सक्दैन भन्ने कुरा भने टुंगो छैन । र स्थानीय सरकारले कित प्रभावकारी रुपमा काम गर्न सक्छन् भन्ने कुराले पनि अनुदान कहिले भुक्तानि हुन्छ भन्ने कुरालाई प्रभाव पार्नेछ ।

सुरुमा कोरोनाका कारण उल्लेख्य रुपमा आय घटेका घरपरिवारलाई मात्रै ३ लाख येन दिईने भनिएकाले थोरैले मात्रै अनुदान पाउने अवस्था देखिन्थ्यो । परिवारमा एक्लै होस् या ४–५ जना होस् सबै परिवारलाई ३ लाख येन दिने भनिएको थियो । तर पछी हरेक व्यक्तिलाई १ लाख येन दिने योजना ल्याएपछी आम्दानी घटेको एक्लो व्यक्तिले पनि १ लाख पाउनेछ भने परिवारमा बुढाबुढी र एउटा बच्चा भएकाले प्रति व्यक्ति १ लाख येनका दरले ३ लाख येन पाउनेछन् ।

धेरैलाई सरकारले यो अनुदान किन दिन लागेको होला भन्ने पनि लाग्न सक्छ । आम मानिसको जिविकामा सहयोग गर्नु अनुदानको मुख्य उद्देष्य रहेको सरकारले बताएको छ । खर्च बढाउन या अर्थतन्त्र पुनःजीवित गर्न अनुदानको योजना नल्याएको सरकारले स्पश्ट पारेको छ । अनुदान रकममा कुनै कर पनि लाग्ने छैन ।

जापानमा करीब १२ करोड ६० लाख बसोबास गर्दै आएका छन् । यसहिसाबले हरेकलाई १ लाख येन दिन सरकारलाई १ सय २६ खर्ब येन चाहिनेछ । यो खर्च ऋणपत्र जारी गरेर परिपुर्ति गरिनेछ । जापान सरकारले उपलब्ध गराउने भनिएको १ लाख अनुदान रकमको बारेमा अँझ धेरै कुराहरु स्पश्ट हुन बाँकी नै छ । त्यसैले सरकारद्वारा जारी गरिने सुचना र समाचारहरु हेर्दै गर्नुहोला ।

स्रोतः नेपारु न्युज

फेसबुकबाट कमेन्ट गर्नुहोस्