उत्तर कोरियाली नेता किम जोङको मुटुको शल्यक्रिया
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको मुटुको शल्यक्रिया गरिएको छ । दक्षिण कोरियाली सञ्चार माध्यमका अनुसार, अप्रिल १२ मा उनको मुटुको सर्जरी गरिएको हो । शल्यक्रिया गरिएको एक सातापछि उनी अस्पतालमै आराम गरिरहेको खबर प्रकाशमा आएका छन् ।
पछिल्लो समय एक विशेष वार्षिक समारोहमा उनी उपस्थित नभएपछि उनको विषयमा विभिन्न आशंका उत्पन्न भएका थिए । किमका हजुरबुबाको अप्रिल १५ मा जन्मजयन्ती थियो ।
उत्तर कोरियामा यो दिन विशेष किसिमले मनाउने प्रचलन छ । त्यहाँ सार्वजनिक बिदा दिइन्छ । तर, उत्तर कोरियाली सञ्चारमाध्यले सार्वजनिक गरेको तस्वीरमा किम जोङ उन देखिएका थिएनन् ।

स्रोतका अनुसार, अप्रिल १२ मा उत्तर कोरियाको अस्पतालमा उनको मुटुको सर्जरी गरिएको थियो । उत्तर कोरिया भित्रको जानकारी पाउनु निकै कठिन हुन्छ । विशेषगरी त्यहाँका नेताको विषयमा कुनै पनि जानकारी बाहिर चुहाइँदैन ।
अत्यधिक तौल, धुम्रपान र कामको चापले पछिल्लो केही समययता किमको स्वास्थ्यमा समस्या देखिँदै आएको थियो । गत अगस्ट यता नै उनलाई मुटुको समस्या देखिएको बताइन्छ ।
किम अन्तिमपटक अप्रिल ११ मा वर्कर्स पार्टीको पोलिटब्युरोमा सहभागी भएका थिए । त्यसपछि उनी अस्पताल भर्ना भएको समाचारहरूमा जनाइएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्