सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

छोराछोरीसहित विष खाँदा आमा र छोरीको मृत्यु

रौतहटको मौलापुर नगरमा घरायसी विवादका कारण छोराछोरीसँगै एक आमाले विष सेवन गरेकी छिन । विष सेवनबाट आमा र छोरीको मृत्यु भैइसकेको छ भने छोराको उपचार जारी रहेको छ ।

मौलापुर नगरपालिका १ का रामलाल महतो कोइरीको ३५ वर्षीया श्रीमती सोनावती महतोले मंगलबार बेलुकी १४ वर्षीय छोरा दिपक महतो र ७ वर्षीया छोरी सोनिकुमारीलाई बिष शेवन गराई आफू पनि शेवन गरेको प्रहरीले जनाएको छ ।

Death scatch, Sicide

बिष सेवनपछि अवस्था गम्भीर भएपछि तीनै जनालाई मौलापुरको एक निजि क्लिनिकमा सामान्य उपचार पछि थप उपचारका लागि एम्बुलेन्सबाट नेशनल मेडिकल कलेज बीरगंज पठाईएको थियो ।

सोनावतीको उपचारको क्रममा राति र छोरीको आज बिहान मृत्यु भएको ईलाका प्रहरी कार्यालय मौलापुरका सई आमोदप्रसाद यादवले जानकारी दिएका छन् । छोरा दिपक महतोको उपचार भैइरहेको र अवस्थामा सुधार भैइरहेको सई यादवले जानकारी दिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्